२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

सुटुक्क थपियो मेलम्ची सुरुङको म्याद

सुटुक्क थपियो मेलम्ची सुरुङको म्याद

 

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको म्याद थप भएको छ । निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसकेपछि मेलम्ची खानेपानी विकास समितिले सुटुक्क समय थपिदिएको हो ।सुरुङ निर्माण सम्पन्न गर्ने मिति चैत १२ सम्म रहेको थियो । समितिले ७९ दिन थपिदिएर सुरुङ सम्पन्न गर्ने म्याद २०७५ जेठ ३१ पुर्‍याएको छ ।

सम्झौताअनुसार निर्माण कम्पनीले काम गर्न नसकेपछि समितिले यसरी पटकपटक म्याद थपिदिने गरेको छ । निर्माण कम्पनी सीएमसी डी–रेभेना इटलीको लापरबाहीका कारण फेब्रुअरी र मार्चमा मात्रै दुई हप्ता काम ठप्प भएको थियो ।

निर्माण कम्पनीले मजदुरहरूलाई ज्याला नदिएका कारण गत फागुन १६ देखि पाँच दिन काम ठम्म भइको थियो । आजको गोरखापत्रमा यो समाचार छापिएको छ ।

फागुन ३० देखि चैत ४ सम्म कम्पनीले डिजेल नकिनेका कारण काम रोकिएको थियो । निर्माण कम्पनीको लापरशाहीका बारे मेलम्ची खानेपानी विकास समितिका अधिकारीहरूबोल्न चाहँदैनन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij