२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

सेनाको परीक्षामा सहभागि १२ नक्कली परीक्षार्थी पक्राउ

सेनाको परीक्षामा सहभागि १२ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । नेपाली सेनाले लिएको सैन्यतर्फको लिखित परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको भेटिएको छ । शनिबार विभिन्न परीक्षा केन्द्रबाट ११ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । अरुलाई परीक्षा दिन पठाउने अर्का एकजना पनि समातिएका छन् ।

प्रहरीले सीआईटी कलेज, कोटेश्वरबाट १० जना नक्कली परीक्षर्थीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंमा बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए । उनकाअनुसार आरआर कलेजबाट एकजना फर्जी परीक्षार्थी पनि समातिएका छन् । उनीहरु सबैले अर्काको नाममा परीक्षा दिँदै थिए । आफ्नो परीक्षा दिन अरुलाई पठाउने एक जना पनि पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखेर थप अनुसन्धान अघि बढाइएको पोखरेलले बताए ।

यसअघि सुरक्षा निकायमा परीक्षामा यसरी नक्कली परीक्षार्थी भेटिने गरेका थिएनन् । तर शैक्षिक परीक्षाहरुमा अहिले नक्कली परीक्षार्थीको बिगबिगी हुने गरेको छ । अब भने यो ‘रोग’ रोजगारीका लागि लिइने सरकारीस्तरका परीक्षाहरुमा पनि सरेको छ । कमजोर परीक्षार्थीले आर्थिक मिलेमतो गरेर नक्कली परीक्षार्थी पठाउने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij