
१५ बर्ष देखि मदिरा व्यवसायमा संलग्न रहनुभएका नैना सैजु यसपटक देखि मदिरा व्यवसायी संघ काठमाडौंको कार्यसमिति सदस्यमा निर्वाचित हुनुभएको छ ।
मदिरा व्यवसायलाई व्यवस्थित बनाउनुपर्छ भन्ने मान्यता बमोजिम अघी बढेको यस संघको कार्यसमिति सदस्यमा निर्वाचित भइसके पछि छोटो प्रतिक्रिया दिनुहुँदै आफू मदिरा व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउनुपर्छ भन्ने मान्यतामा पहिले देखि नै रहेको साथै अब मदिरा व्यवसायी संघ अन्तरगत रहेर काम गर्न समेत थप सहज हुने ऊहाँले बताउनुभएको छ ।
हाल डिलाइट र हार्भेष्ट मुन उत्पादन गर्दै आएको युनिभर्सल वाइनका संचालक समेत रहनुभएका सैजु नेपालमा मदिरा व्यवसायको व्यवस्थित कारोबारको निम्ति लामो समय देखि पहल गर्दै आउनुभएका व्यक्ति समेत हुनुहुन्छ ।
नेपालमा मदिरा व्यवसाय अहिले व्यवस्थित बन्न नसकेको कारण एकातिर अन्य व्यवसायहरु जसरी प्रतिष्ठित बन्न नसकेको र अर्कोतिर बजारमा समेत अत्यन्तै अस्वस्थ प्रतिष्पर्धा रहेको, नक्कली मदिराहरु समेत बजारमा प्रशस्तै रहेको अवस्थामा यस व्यवसायलाई आगामी दिनमा निकै राम्रो प्रणाली विकास गरेर सोही बमोजिम अघी बढ्नुपर्ने कुरा

मा विशेष जोड दिनुभएको छ ।
हाल वाइन उद्योगको सञ्चालक समेत रहनुभएका सैजु हाल आफूहरुले बार्षिक ५ लाख लिटर वाइन उत्पादन गर्दै आएको बताउनुभएको छ । हाल नेपाली बजारबाट नै अंगुर उपलब्ध भइरहेको बताउँदै आगामी दिनमा यसलाई ठूलो क्षमतामा विस्तार गर्ने योजनामा आफूहरु रहेको बताउनुहुन्छ ।
हाल युनिभर्सल वाइनका काठमाडौंमा ६ ओटा डिलरहरु छन् । आगामी दिनमा बजार सञ्जाललाई थप विस्तार गर्नको निम्ति आफूहरु लागिरहेको सैजु बताउनुहुन्छ । साथै अर्को नयाँ ब्राण्डको वाइन बजारमा ल्याउन लागेको समेत ऊहाँ बताउनुहुन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij