२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

बुद्ध सिंह तामाङ र विके फाउण्डेसन

बुद्ध सिंह तामाङ र विके फाउण्डेसन

आफैँमा विकट जिल्लाको रुपमा चिनिने सोलुखुम्बुमा पर्यटन क्षेत्र नै अधिकांश मानिसहरुको आयस्रोतको आधार बनेको छ । यस जिल्लाको विकासको निम्ति पर्यटन क्षेत्रको महत्वपुर्ण योगदान रहेको छ । विकट जिल्लाको रुपमा चिनिने सोलुखुम्बुको प्रमुख आयस्रोत र जीवीकोपार्जनको आधार नै पर्यटन हो
त्यही सोलुखुम्बु जिल्लामा नै जन्मिएका बुद्द सिंह तामाङ ‘डेस्टिनेसन नेपाल’का निमा पाख्रिन र फुर्वा तामाङको सहयोगको कारण पर्यटनको क्षेत्रमा प्रवेश गरेका व्यवसायी हुन् । ग्रामीण क्षेत्रमा रहेर काम गर्न चाहने तामाङलाई अहिले पर्यटन व्यवसयीको रुपमा चिनिन सक्नुमा परिवार तथा समुदायको सहयोगले नै अहिलेको अवस्थामा आउन सहज भएको उनको अनुभव छ ।

पर्यटनको क्षेत्रमा कसरी लागे तामाङ ः
तामाङ भन्छन्, ‘मेरो जन्म पनि पर्यटनको राम्रो सम्भावना भएको तर पर्यटन क्षेत्र फस्टाउन नसकेको केरुङ गाविसमा भयो । वास्तवमा म जन्मेको सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा त क्षेत्रलाई चिनिँदैन । तैपनि हाम्रा बुबा हजुरबुबाहरु पनि पर्यटनको क्षेत्रमा नै काम गरेर जीवीकोपार्जन गर्दै आउनुभएको थियो । ऊहाँहरुको कसरी यस क्षेत्रमा प्रवेश भयो ? त्यस क्षेत्रमा किन पर्यटन क्षेत्र फस्टाउन सकेन ? भन्ने कुरा भने हामीलाई जानकारी थिएन । बुबा र दाई पर्यटनको क्षेत्रमा रही टे«किङ काम गर्दा मलाई यो क्षेत्र निकै नै रमाइलो क्षेत्रको रुपमा रहेको अनुभव हुन्थ्यो । विस्तारै बुबा र दाईको साथले गर्दा म पनि पर्यटनको क्षेत्रमा नै आउन पुगेँ ।

त्यस समयमा मलाइ लाग्थ्यो, पर्यटन क्षेत्रमा लाग्ने हो भने नेपालमा सहज रुपमा पैसा आर्जन गर्न सकिन्छ । पर्यटनको क्षेत्रमा काम गर्ने हो भने नेपालमा विदेशबाट आउने पर्यटकहरुसँग पनि राम्रो सम्बन्ध विस्तार हुन्छ । यसले गर्दा विदेशमा जान पनि सजिलो हुन्छ । म यसै सोच बमोजिम नै पर्यटनको क्षेत्रमा संलग्न भएको हुँ ।’

सानै उमेरमा नै आमा बित्नुभएको हुनाले घरायसी कामको जिम्मेवारी पनि बुद्ध सिंह थापा माथि नै थपियो । त्यसले गर्दा माथिल्लो तहको अध्ययनलाई निरन्तरता दिन नसकेका तामाङ आर्थिक अवस्थालाई जेनतेन निर्वाह गर्नेमा नै लागे । आर्थिक व्यवस्थापनको निम्ति १५-१६ बर्षको उमेरमा नै घर छोडे । त्यस पश्चात् उनी टे«किङ क्षेत्रमा नै संलग्न रहँदै आएका छन् ।

पर्यटनको क्षेत्रमा आवद्ध हुनको निम्ति अदक्ष मानिसको निम्ति शुरुको बिन्दु भनेको भरिया नै हो । आफुले पर्यटनको क्षेत्रमा काम गर्ने क्रममा भोगेको अनुभव सुनाउँदै तामाङ भन्छन्, ‘मैले पनि यस क्षेत्रमा शुरुका दिनमा भरियाको रुपमा गरेको हुँ । मैले काम गर्दै जाने क्रममा शुरुका दिनमा आफ्नो क्षमता भन्दा बढी तौलका सामानहरु पनि बोक्नु पर्थ्र्यो । यद्यपि मैले यस्ता अनेकौं सङ्घर्ष सहेर लामो समय यसै क्षेत्रमा नै रहेर काम गरेँ । यस सँगै असिस्टेन्ट, असिस्टेन्ट कुक, असिस्टेन्ट गाइड हुँदै आफुलाई कामबाट अनुभवी पनि बनाउँदै थिएँ । त्यसै क्रममा काठमाडौँमा रहेको भाषा परिक्षण प्रदायक संस्थाबाट अङ्ग्रेजी भाषा सिक्ने काम पनि गरेँ ।
शुरुका दिनमा उनले काम गरेको कम्पनी डेस्टिनेसन नेपाल टे«किङ हो । उनले शुरुको समयमा काम गर्दा १५ सयमा काम शुरु गरेका थिए । यद्यपि उनलाई यसै कम्पनीमा रहेर काम गर्ने क्रममा नै पर्यटन क्षेत्रलाई राम्रो तवरले बुझ्ने अवसर मिल्यो ।
आफुले काम शुरु गरेको समय र अहिलेको तुलना गर्दै तामाङ भन्छन्, ‘पर्यटन व्यवसायमा अहिले र पहिलेमा निकै नै फरक छ । त्यस समयमा नेपालमा पर्यटन क्षेत्रमा काम गर्ने क्रममा अहिलेको जस्तो अनलाइनमा आधारित भएर काम गर्न सकिने अवस्था नभएको कारणले कुनै टिकट लिनुपर्ने अवस्थामा सम्बन्धित कम्पनीमा नै पुग्नुपर्ने अवस्था थियो । यद्यपि शुरुका ती दिनमा आफू अलराउन्डरको रुपमा नै काम गरेको कारणले गर्दा नै अहिले आफैं कम्पनी सञ्चाालन गर्न सहज भएको हो ।
आफूले माथिल्लो तहको शिक्षाबाट बञ्चित भएको कुरा तामाङको मनमा गडेर बसेको सम्झँदै ऊनी भन्छन्, ‘आफू जस्ता सबै मानिसले शिक्षा लिन नपाएको कुरा झल्झल्ती याद आउँथ्यो । यसैकारणले गर्दा मैले गाऊँमा विद्यालय सञ्चालन गर्नुपर्नेमा निकै दृढ थिएँ । जसरी पनि गाउँमा शिक्षा पु¥याउनुपर्छ भन्ने कुराको हामी सबैले महसुस गरेका हुनाले एकजना साथीको सहयोगमा जिल्ला शिक्षा कार्यालयबाट विद्यालय सञ्चालनको निम्ति अनुमति लियौं । साना नानीहरुलाई उक्त विद्यालयमा नै पढाउन शुरु ग¥यौं । तर त्यस समयमा विद्यालयको अवस्था निकै नै कमजोर थियो ।’
विद्यालयको निम्ति सहयोग :
‘दिनहरु यसरी नै बितिरहेका थिए । यसै क्रममा मेरो भेट एकजना साथी सँग भयो । ऊहाँसँग मैले आफ्नो इच्छा गाऊँमा विद्यालय सञ्चालन गर्ने चाहना भएको कुरा राखेँ । ऊहाँले मलाई विद्यालय सञ्चालनको निम्ति आर्थिक तथा प्राविधिक तवरले सहयोग गर्ने वचन दिनुभयो । शुरुका दिनमा हामीले विद्यालयको भवन नै बनायौं । त्यस पश्चात् शिक्षाको प्रचारको निम्ति विद्यालयमा आउने बालबालिकाको संरक्षण र राम्रो शिक्षा दिन नसकेको कुरा हामीलाई राम्रो थाहा थियो ।’

चिन्दिङ फाउण्डेसनसँगको सहकार्य ः
नेपालमा राज्यले विद्यालय सञ्चालनको निम्ति अनुमति दिएका अधिकांश विद्यालयहरुमा अहिले पनि प्रयाप्त दरबन्दी छैन । यसरी अपुग दरबन्दीमा स्थानीय स्तरबाटै निजी लगानीमा आर्थिक स्रोत जुुटाएर नै शिक्षक राख्नुपर्ने हुन्छ , त्यसकारण हामीलाई निजी शिक्षकलाई तलब दिनको निम्ति आवश्यक रकम उपलब्ध गराउन चिन्दिङ फाउण्डेसन तयार भयो । चिन्दिङ नामक गाऊँमा उक्त संस्थाले काम गरेको भएर नै उक्त संस्थाको नाम चिन्दिङ फाउण्डेसन राखिएको हो ।

यस संस्थाले अहिले पनि विभिन्न स्वास्थ्य शिविर सञ्चालन समेत गर्दै आएको छ सामाजिक गतिविधि ः:
सन् २००६ मा सोलुखुम्बुमा काम गरेका हामी घुम्ने क्रममा दोलखाका मित्रसँग भेट भयो । सामाजिक विकासको निम्ति केही काम गर्नुपर्छ भन्ने मान्यतामा रहेका हामीहरुको एउटा समुह बनाइयो । हामीले सोलुखुम्बु पश्चात् दोलखाको बोच गाविस स्थित श्री देवी उच्च माविमा विद्यालय भवन बनाइदिने प्रस्ताव ग¥यौँ । त्यहाँ हामीले पुस्तकालय निर्माण गर्ने काम ग¥यौँ । अहिले पनि सञ्चालनमा रहेको उक्त पुस्तकालयको रेखदेखको निम्ति चिन्दिङ फाउण्डेसनले नै आर्थिक व्यवस्थापन गर्दै आएको छ । यसको अलावा सोलुखुम्बुको केरुङ स्थित चेन्सर गाउँमा विद्यालय भवनको अवस्था कमजोर रहेको कारण भवन बनाउने काम ग¥यौं । पुस्तकालयको समेत व्यवस्था ग¥यौं । अहिले हामीले बाल्यकालमा पढ्न जाने चाइनिस्तान उच्च माविमा पनि पुस्तकालयको व्यवस्था गरेका छौं । यस उच्च माविमा कम्प्युटर सहितको पुस्तकालय तथा कर्मचारीको व्यवस्था गरेका छौं । साथै शिक्षकहरुलाई तालिम समेत सञ्चालन गर्दै आएका छौं ।

विकृतिहरु बढ्दै गएको नेपालको पर्यटन क्षेत्र :
नेपालमा भएको राजनीति र पर्यटनको क्षेत्रमा रहेका व्यवसायीहरुको कारण नै अहिलेको अवस्थामा पर्यटन व्यवसाय राम्रो बन्न नसकेको हो । अहिले सम्म गाइडको रुपमा रही पर्यटनको क्षेत्रमा काम गर्ने मानिसको अनुभवको मूल्याङ्कन नै भएको छैन । नेपालमा अहिले पनि पर्यटनको क्षेत्रमा काम गर्ने मानिसहरुको क्षमता नहेरिएको र पैसाको निम्ति प्रमाणपत्र बेच्ने अवस्था रहेको कारणले गर्दा नेपालमा पर्यटन क्षेत्र जुन तवरले विकास हुनुपर्ने हो । त्यसो नभइ पर्यटन क्षेत्र विकृत हुँदै आएको छ । नातावाद र कृपावादको कारण अहिले पर्यटन क्षेत्र निकै नै दुषित भएको छ ।
पर्यटनलाई विश्वसनीय बनाउनु जरुरी ः
पर्यटनलाई गुणस्तरीय बनाउनुपर्छ भन्ने हो र त्यसै बमोजिम काम गर्ने हो भने नेपालमा पर्यटनको निकै राम्रो सम्भावना छ । नेपाललाई पर्यटनको राम्रो सम्भावना भएको मुलुकको रुपमा लिइने भएपनि अहिलेको अवस्थामा चल्दै आएको पर्यटन पनि अर्कोलाइ फसाएर आफु माथि जाने किसिमको छ ।
बजारमा हल्ला चलेको छ कि सगरमाथा क्षेत्रमा जाने मानिसहरु प्रत्येक दिन ४०÷५० जनाको सङ्ख्यामा विरामी हुने गरेका छन् । यो सत्य पनि हो । यसो हुनुमा पर्यटकको निम्ति खटाइएका सहायकले नै खानामा विषाक्त पदार्थ मिसाउने गरेका भेटिन्छन् । यसरी मानिस विरामी भएको अवस्थामा हेलिकोप्टरबाट अस्पतालमा फिर्ता ल्याउने काम गरिन्छ । डाक्टरहरुले पनि हेलिकोप्टरबाट नजाने हो भने बाँच्न सकिँदैन भन्ने किसिमले पर्यटकलाई तर्साउने काम गरेको पाइन्छ । यो कुरा न्युजिल्याण्डमा जन्मिएर नेपाललाई कर्मभूमी बनाऊँदै आएको एकजना पर्यटकले आफ्ना साथीहरु बीच सुनाउँदै थियो । जुन कुराको खुलासा मैले तपाईं सामु गरेको छु । यस्ता विविध कारणहरुले गर्दा नेपालमा पर्यटन क्षेत्रको राम्रो तवरले विकास हुन सकेको छैन ।

यी विविध विकृतिहरुलाई हटाएर नेपालमा पर्यटनको विकासको निम्ति सबैभन्दा पहिले नेपालमा भएका सकारात्मक पक्षको बारेमा अध्ययन हुनु जरुरी छ । नेपालको आर्थिक समृद्धिको निम्ति पर्यटन क्षेत्रले खेल्न सक्ने भूमीकालाई निकै महत्वको साथ अघी बढाउनु जरुरी छ । पछिल्लो समय नेपालमा राम्रो सम्भावना देखिएको होम स्टेको त्यसै बमोजिम प्रचारप्रसार हुनु जरुरी छ । ठूला होटलको तुलनामा साना होमस्टेमा मध्यम स्तरका मानिसहरुले पनि लगानी गर्न सक्छन् । यसको अलावा नेपालका धार्मिक सम्पदाहरु पनि पर्यटक आकर्षणको निम्ति नयाँ माध्यम बन्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij