काठमाडौं, पुस २ । शनिबार बिहान ‘अन्नपूर्ण पोस्ट्’ मा छापिएको तस्बिर देखेपछि मन धेरै दुख्यो । त्यसपछि मेरो अगाडि दुई विकल्प बाँकी रहे । पहिलो बाटो- नेपाल सरकार र आयोजक संस्थालाई गाली गर्दै सञ्जालमा केही पोस्ट् गर्ने । दोस्रो विकल्प- कसैले केही गरोस् या नगरोस्, आफूले अरू केही गर्न नसके पनि, कीर्तिपुर मैदान पुगेर ह्विलचेयरमा बसेर क्रिकेट खेल्ने नेपाली खेलाडीको हौसला बढाउने ।

मैले दोस्रो बाटो रोजें ।
स्टेडियम धेरै खाली थियो । तर जे÷जति जम्मा भएका थिए, तिनको उत्साह अदम्य थियो । भावनाको हिसाबकिताब संख्याको क्यालकुलेटरमा कहाँ हुन सक्छ र ! बंगलादेश, भारत र नेपाल सम्मिलित ट्वान्टी-ट्वान्टी ह्विलचेयर क्रिकेट प्रतियोगिता आयोजक समितिका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पा आफैं पनि ‘फरक क्षमता’ भएका व्यक्ति रहेछन् । पहिला ‘अपांग’ शब्द प्रयोग गरिन्थ्यो । मलाई त्यो शब्द कहिल्यै मन परेन । गहिरो गरी हेरे हामी सबै कुनै न कुनै प्रकारले अधुरा छौं, असक्षम छौं । सबै कुराले भरिभराउ र पूर्ण को पो छ र १ छुल्टिमले न्यानो स्वागत गरे । मैले शनिबार प्रकाशित विकास कार्कीको तस्बिरले आफूलाई बाँधेर मैदानमा ल्याएको बताएँ ।
त्यसपछि म मैदानको त्यो भागतिर लागेँ, जहाँ नेपाली खेलाडी जम्मा थिए । घडीमा पौने बाह्र बजेको थियो । जाडोको मौसममा न्यानो घाम पाएर खेलको मैदान मुस्कुराउँदै थियो । आजको अन्न्पूर्ण पोष्टले अगाडी खवरमा लेखेको छ, ‘नेपाल’ अंकित जर्सी लगाएका क्रिकेटरहरू आ(आफ्नो ह्विलचेयरमा, अर्धगोलाकार शैलीमा जम्मा भएका रहेछन् । सबै खेलाडी एकाग्र मुद्रामा एक जना सज्जनलाई सुनिरहेका थिए । बडा जोडदार तरिकाले ती सज्जन खेलाडीहरूको मनोबल उकास्ने प्रेरणादायी कुराहरू बताउँदै थिए । खेलले सही तरिकाबाट जीवन बाँच्न सिकाउँछ भन्थे । उनलाई सुनेपछि लाग्यो, हो रहेछ ।
केही मिनेटपछि ती सज्जनसँग परिचय भयो ।
‘विजयजी म जगत टमटा’
क्षमा गर्नुस् जगतजी चिन्न सकिनँ । नाम धेरै सुनेको । तपाईं त नेपाली राष्ट्रिय क्रिकेट टिमको कोच पनि हो क्यारे १
‘हो । तर, अहिलेचाहिँ तपाईं जस्तै दर्शक भएर मात्र आएको । खेलाडीहरूको उत्साह बढाउन । सोचें, आएको बेला दुई÷चार कुरा खेलाडीहरूसँग सेयर गरिहालौं ।’
तपाईंले यसअघि पनि ह्विलचेयर क्रिकेट हेर्नुभएको थियो ?
‘टेलिभिजनमा मात्रै । मैदानमा त आज पहिलो पटक हो विजयजी ।’
कस्तो अनुभव भइरहेछ जगतजी ?
यतिका वर्षदेखि मैदानमा छु । कहिले खेलाडी भएर, आजकाल कोच भएर । तर, आजजति मन छोएको थोरै अवसर आएका छन् जीवनमा । देशको नाम लेखेको जर्सी लगाउन पाउने रोमाञ्च लगाउनेलाई मात्र थाहा हुन्छ । कोही दृष्टिविहीन होस् वा नहोस्, कोही ह्विलचेयरमा बसोस् वा नबसोस्, शारीरिक अवस्था जस्तोसुकै किन नहोस्- देशको नाम लेखेको जर्सी लगाएर जित्ने अनुभव, देशको नाम उचो राख्ने अनुभव साधारण कुरा होइन । यो खेल मेरो जीवनको बिर्सनै नसकिने अनुभव हो ।
यति भनेर उनी चुप लागे । यति भनिसकेपछि के पो थप्नुपर्छ र ! के पो थाप्न सकिन्छ र ! यसैबीच मैदानबाट ‘नेपाल नेपाल’ भन्दै ठूलो हुटिङ भयो । नेपाल बलियो स्थितिमा पुगिसकेको थियो । म चुपचाप मैदानबाट बाहिर निस्किएँ । तर, निस्कनुभन्दा अघि मैले क्रिकेटको खेल मात्र हेरिनँ, मानिसको अदम्य साहस, साधना र क्षमताको कालजयी प्रदर्शनमा सहभागी हुने मौका पनि पाएँ । खेलाडीले हामीलाई जितमात्रै दिएनन्, जीवन बाँच्ने कला पनि सिकाए ।
शनिबार साँझ- यो लेखिरहँदा, मलाई ‘लेखुँ लेखुँ’ भन्दा पनि ‘नाचुँ नाचुँ’ लागिरह्यो । मलाई मात्र किन रु धेरैलाई त्यस्तै लागेको होला । नलाग्नु पनि कसरी ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij