२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

फेसियल हाउस लक्जरी ब्राञ्चमा मिस डिभाकाे उपस्थितिमा अन्तरक्रिया

फेसियल हाउस लक्जरी ब्राञ्चमा मिस डिभाकाे उपस्थितिमा अन्तरक्रिया

फेसियल हाउसले गर्दै आएको अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने क्रममा ‘मिस डिभा नेपाल’ का प्रतियोगीहरुसँग बिहिबार अन्तरक्रिया अायाेजना गरिएको छ । उक्त कार्यक्रममा बोल्दै फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद्  सुषमा महराले सौन्दर्यका विषयमा बिभिन्न टिप्सहरु दिनुभएको थियो ।

महराले  प्रतियोगीता भाग लिन चाहनेहरूकाे मनाेबल उच्च हुनुपर्ने कुरामा जाेड दिँदै प्रतियाेगितामा भाग लिईसकेपछि समाजले हेर्ने दृष्टिकोण फरक हुने बताउनुभयाे । साथै उहाँले  बाहिरी आवरण मात्रै नभई भित्रैदेखि सफा र निर्धक्क  हुनु जरूरी रहेकाे समेत बताउनुभएकाे छ । यसकाे उदाहरणकाे लागि नेपाल आईडियलका प्रतियोगिहरुलाई लिन सकिने उहाँको भनाई छ ।

छालाको प्रकृति अनुसारको मेकअप र सौन्दर्य प्रशाेधनको प्रयोगमा सजग हुनपर्नेमा सहभागीहरूको ध्यानाकर्षण समेत महराले गराउनुभएकाे छ ।

कार्यक्रममा मोडल हन्ट नेपालका फर्ष्ट रनरअप लक्की खड्कीले समेत आफ्नो भनाई राख्नुभएको थियो । त्यसैगरि ड्रेस डिजाईनर प्रेम डिओले फेसियल हाउस संगको सहकार्यमा बिभिन्न कार्यक्रम आयोजना गर्न लागेको समेत बताउनु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij