२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

न्यूजल्यान्ड मा ऐश्वर्य प्रदर्शन हुने

न्यूजल्यान्ड मा ऐश्वर्य प्रदर्शन हुने

दीपक घिमिरे l काठमाण्डू अङ्ग्रेजी नयाँ बर्षकाे अवसरमा न्युजिल्याण्डमा नेपाली चलचित्र ऐश्वर्य प्रदर्शन हुने भएकाे छ ।  दिवाकर भट्टरार्इकाे निर्देशन र सहनिर्माता निर्मल शर्मा द्वारा तयार उक्त चलचित्रमा कलाकार रमेश उप्रेती लगायतका अन्य कलाकरहरूको अभिनय रहेको उक्त चलचित्रले स्वदेश तथा विदेशमा भव्य सफलता प्राप्त गरिसकेकाे छ ।

न्युजिल्याण्डमा विभिन्न कार्यक्रमहरू गर्ने याेजनाकाे साथ खाेलिएकाे ‘द हिमालयन इभेन्ट’ कम्पनीले नेपाली चलचित्र प्रिमियर शाे देखि अन्य धेरै कार्यक्रमहरूकाे आयोजना तथा व्यवस्थापन गर्ने जनाएकाे छ । गत डिसेम्बर ९ मा क्राइस्टचर्च शहरकाे एक प्रसिद्द सिनेमा हल (whats cinema) मा नेपाली चलचित्र छक्कापन्जा प्रदर्शन गरिएकाे थियाे । अत्याधिक दर्शकबीच पर्दर्शित उक्त चलचित्रकाे प्रदर्शनी पश्चात् नेपाली दर्शकहरूकाे नेपाली चलचित्र प्रतिकाे उत्साह र लगावलाइ मध्यनजर गर्दै जति सक्दाे धेरै सङ्ख्यामा राम्रा नेपाली चलचित्र प्रदर्शन गर्ने मनस्थितिमा कम्पनी पुगेकाे छ ।

‘द हिमालयन इभेन्टले’ चलचित्र प्रदर्शनी गर्नु मात्र आफ्नो उद्देश्य नभएकाे समेत बताउँदै अन्य कार्यक्रमहरू पनि सँगसँगै निरन्तर रूपमा अघी बढ्ने बताइएकाे छ । साथै कम्पनीले त्यहाँकाे स्थानीय बजारमा इभेन्ट म्यानेजमेन्टकाे क्षेत्रमा आफु छाेटाे समयमा नै स्थापित हुने याेजनाकाे साथ अघी बढेकाे समेत जनाएकाे छ ।

त्यहाँकाे बजारमा आफ्नो कम्पनीले बलियाे उपस्थिति बनाउने र त्यस पश्चात् नेपाल र न्युजिल्याण्ड बीच पर्यटन प्रवद्दनमा विशेष सहयाेग गरी नेपाललार्इ अन्तराष्ट्रिय समुदायमा पर्यटकीय गञ्तव्यकाे रूपमा चिनाउने दीर्घकालिन याेजना रहेकाे समेत कम्पनीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij