नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवालाई राजीनामा दिएर नयाँ सरकारको गठनको मार्ग प्रसस्त गर्न आग्रह गरेका छन् ।
ज्ञवालीले कामचलाऊ सरकारलाई दीर्घकालीन महत्व राख्ने निर्णय नगर्न चेतावनी दिँदै निर्वाचनको आचारसंहिता लागू भएपछि गरेका निर्णय बामपन्थीको नयाँ सरकारले खारेज गर्ने बताए । अब बन्ने सरकारले भ्रस्टाचार न्यून गर्ने, आर्थिक सम्बृद्धि र बिकास गर्ने, देशभित्रै रोजगार सृजना गर्ने, महिला, जनजाति र पछाडि पारिएका वर्गको उत्थान गर्ने बताए ।
उनले छिमेकीसँग सह-अस्तित्वको रुपमा व्यवहार गर्ने बताए । ज्ञवालीले भने ‘हामी दुई राष्ट्रका बिचमा सन्तुलित सम्बन्ध कायम राख्दै अगाडी बढ्न चाहान्छौ, हामी त्यसैले पनि अब कसैसँग झुक्नुपर्ने, डराउनुपर्ने आवश्यकता छैन ।’ उनले थपे ‘अब वामपन्थी सरकार गठबन भइ देशमा भएका विकृति, विसंगति हटाउदै समृद्ध नेपालको निर्माण गर्नेछौ ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij