२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

नवराज सिलवालको राजनीतिक यात्रा

नवराज सिलवालको राजनीतिक यात्रा

काठमाडौँ । प्रहरी महानिरीक्षक नवराज सिलवाललाई देउवा सरकारले छेउ लगाएपछि मर्यादा क्रमका आधारमा आफू प्रहरीमहानिरीक्षकमा बढुवा नभएको भन्दै सरकारको विरोधमा सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । सिलवालको मुद्दामा सकारात्मक देखिएको कुरालाई सत्ता पक्षले आधार बनाई प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग प्रस्ताव संसदमा दर्ता गराएपछि सिलवाल झन चर्चामा आए ।

प्रहरीमा रहँदा सुरक्षाका कुरामा बफादारी देखिने सिलवाल निर्वाचन पूर्व गत असोज २० मा नेकपा एमाले प्रवेश गरे । प्रवेश पश्चात यस्तो छवी भएको व्यक्ति राजनीतिमा आउनु राम्रो कुरा हो भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार बन्दा सिलवाललाई गृहमन्त्री बनाउँछु भन्ने हल्ला चलाए ।

राष्ट्रभक्ति नेताको रुपमा परिचय बन्दै गरेका ओलीले गृहमन्त्री दिने हल्ला चलाएपछि सिलवाल ‘सेलिब्रेटी’ नै बने । ललितपुर १ बाट उम्मेदवार बनेका वर्तमान अर्थराज्यमन्त्री उदयशमशेर राणालाई ६ हजार २ सय २२ मतान्तरले पराजित गरेपछि सिलवालको राजनीतिक यात्रा स्पष्ट बनेको छ । सिलवालले २६ हजार ९ सय ५१ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी उदयशमसेर राणाले २० हजार ७ सय २९ मत ल्याएका छन् ।

साढे दुई महिना पहिलेसम्म सिलवाल नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआइजी) थिए । अहिले उनको परिचय फेरिएर एक राजनीतिक कर्मी बनेका छन् ।

एमाले र माओवादी केन्द्रको वामगठबन्धबाट उम्मेदवार बनेका सिलवाल घरघरमा पुगेर आफ्नो योजनाका बारेमा प्रष्ट रुपमा जानकारी दिएका थिए ।

सिलवालको परिचय :

नवनिर्वाचित सांसद सिलवाल २०२० सालमा ललितपुरको गोदावरीमा जन्मिएका हुन् । उनले प्रहरीमा २०४४ सालबाट प्रहरी निरीक्षकबाट सरकारी सेवामा आएका हुन । उनले २९ बर्से लामो सेवा काल पछि गत भदौ २७ गते उक्त पदबाट राजिनामा दिएका थिए । गत असोज २० गते एमालेका अध्यक्ष केपी ओलीले प्रवेश गराएका थिए । सिलवालले जितेमा भावी गृहमन्त्री बनाउने भन्ने अभिव्यक्तिले पनि अलिकति विजयलाई सहज बनाएको मानिन्छ ।

निर्वाचित भए पश्तात उनले काठमाडौँको नजिकको जिल्ला भएर पनि सडक, खानेपानी, सञ्चार जस्ता आधारभूत क्षेत्रको विकास हुन नसकेको उल्लेख गर्दै आगामी पाँच वर्षसम्ममा पूर्वाधारको विकाससँगै कृषिमा प्रविधि जोड्ने, शिक्षा र स्वास्थ्यको क्षेत्रमा जनताको प्रत्यक्ष पहुँच पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

उनको मुख्य एजेण्डा भनेको रोजगारीको सिर्जना गरेर वैदेशिक रोजगारीमा जान चाहनेलाई स्वदेशमै रोक्ने र गएकालाई फर्काएर नेपालमै रोजगारको व्यवस्था गर्ने छ ।

हामी आफू आफू मिलेर अघि बढ्दा मात्रै विकासको लहर ल्याउन सकिने भन्दै निर्वाचनका प्रतिस्पर्धीसँग मिलेर अघि बढ्दा सफल हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij