
निर्माणसँग सम्बन्धित क्षेत्रमा काम गर्दै आएको कम्पनी हो निर्माण संसार प्रा.लि । बजारमा गुणस्तरीय सामानहरु कसरी दिन सकिन्छ भन्ने मान्यताले उच्च गुणस्तरीय आल्मुनियमका सामानहरु तथा पिफ्याब, पिपिसीको जस्ता, फल्स सिलिङ लगायतका सामानहरु सप्लायर्सको रुपमा यस कम्पनीले काम गर्दै आएको छ ।
कम्पनीका निर्माण संसार प्रा.लि कम्पनीका प्रबन्ध निर्देशक निर्माण संसारलाई निर्माण सम्बन्धी आवश्यक सम्पूर्ण सामाग्रीको हबको रुपमा विकास गर्दै लैजाने मनसायले अघी बढेका छन् । हाल यस कम्पनीले उपलब्ध गराएका सामानहरु अधिकांश मध्यम स्तरका परिवारलाई लक्षित छन् । यी सामानहरु स्तरीय गुणस्तरमा तुलनात्मक रुपमा सुलभ दरमा नै आफूले उपलब्ध गराउँदै आएको उनी दावी गर्छन् । उपभोक्ताहरुको निम्ति गुणस्तरीयतालाई नै मध्यनजर गरेर सञ्चालन गर्दै आएको हुनाले यस कम्पनीले प्रदान गरेको सेवा प्रति हाम्रा उपभोक्ताहरु सन्तुष्ट छन् ।
‘हाम्रो यस कम्पनीमा लामो समय देखि निर्माण क्षेत्रमा संलग्न व्यक्तिहरुको संलग्नता छ । म निर्माणका विभिन्न क्षेत्रमाविगत २० बर्ष देखि कामगर्दै आएको छु । अहिले हामीले भूकम्प पश्चात् यो निर्माण संसार प्रा.लि सञ्चालन गरेका हौं ।’
अहिले विभिन्न गुणस्तरका र कम्पनीका निर्माण सामाग्री बजारमा रहेको र उपभोक्ताले छनौटको अवसर पाएको बारे प्रष्ट पार्दै नारायणले भने, ‘अहिले बजारमा निकै सस्तो देखि निकै महँगो सम्मका सामानहरु उपलब्ध छन् । यसले गर्दा उपभोक्तालाई प्रयाप्त छान्न पाउने अवसरहरु छन् । अहिले हामीले विक्री गरिरहेका सामानहरु अधिकांश चीनबाट नै आयात गर्दै आएका छौं । कतिपय सामानहरु भारतबाट पनि आउने गरेका छन् । हाम्रो कम्पनी दर्ताको हिसाबले नयाँ नै भए पनि लामो समय देखि काम गरेको अनुभव भएको हुनाले हामीले स्तरीय सेवालाई नै पहिलो सर्त बनाएका छौं । हामीले उच्च गुणस्तरीय झ्याल विक्रीवितरण गर्दै आएका छौं । कतिपय सामानहरु हामीसँग मात्र छन् । बजारमा पाउन गाह्रो पर्छ । हामीले स्याण्डविच प्यानलको पनि काम गर्दै आएका छौं । जुनवाल टाइट गर्न बढी उपयुक्त हुन्छ । हामीले फल्स सिलिङ अन्तरगत धेरै किसिमका सामानहरु उपलब्ध गराउँदै आएका छौं । हामीले सामान्य जिप्सम वोर्ड देखि सिमेन्ट वोर्ड, इण्डष्ट्रियल वोर्ड लगायतका सामानहरु उपलब्ध गराउँदै आएका छौं । सिलिङको निम्ति आवश्यक सबै सामानहरु हामीसँग भएको कारण ग्राहकहरुले हामीबाट सम्बन्धित सबै किसिमको सेवा पाउन सक्छन् ।’
हामी सन्तुष्ट छौं ः
हामीले विगत २ बर्ष देखि यस क्षेत्रमा रहेर कामगर्ने क्रममा उपभोक्ताबाट पाएको माया, रुचि र चासोको कारण हामीलाई विशेष हौसला मिलेको छ । हामी पुरानो अनुभवी टिमबाट चलेको कम्पनी भएको कारण हामीलाई बजार विस्तारमा गाह्रो नपरेको हो । तर हामी यो भन्दा धेरै अघी बढ्नु जरुरी छ ।
लगानी ः
हामीले ग्रुप अफ कम्पनीको रुपमा काम गरिरहेका छौं । हाम्रो ग्रुप मध्येबाट निर्माण संसार एउटा कम्पनी हो । हामीसँग कन्स्ट्रक्सन तथा इण्डष्ट्रिजको रुपमा काम गर्ने थुप्रै कम्पनीहरु छन् । ४ जना व्यक्तिहरुको लगानी रहेको यस कम्पनीमा सबै गरी करिब १ सयको सङ्ख्यामा काम गर्ने कर्मचारीहरु यस कम्पनीमा आवद्ध रहेका छन् ।
कम्पनीका निर्माण सामाग्रीको बजार कहाँ हो ?
अहिले यस कम्पनीले उपलब्ध गराएका सामानहरु एक ठाउँ वा काठमाडौं भित्रमात्र सीमित छैनन् । हुनतःअहिले पनि ठूलो बजारको रुपमा काठमाडौं नै रहेको छ । यद्यपि यस कम्पनीबाट उपलब्ध सामानहरु देशभर नै आपुर्ति हुने गरेका छन् । पोखरा, विराटनगर, धनगढी लगायतका क्षेत्रमा माग बढ्दो छ । देशकाविभिन्न क्षेत्रमा डिलर मार्फत पनि सामानहरु आपुर्ति गर्ने कामहुँदै आएको छ ।
नेपालमा नै अवसर छन् ः
अहिले नेपालका युवाहरु न्यूनतम तलबमा नै वैदेशिक रोजगारीमा गइरहेको अवस्था छ । तर यता नेपालमा नै पनि प्रयाप्त अवसरहरु छन् । जुन अधिकांश नेपालीहरुले जानकारी पाउन नसक्दा रोजगारीको निम्ति विदेश नै जाने गरेको अवस्था पनि छ । नेपालका उद्योगहरुमा ठूलो मात्रामा कामदारहरुको अभाव छ । त्यसैकारण नेपालका विभिन्न क्षेत्रमा ठूलो मात्रामा कामदारहरु छिमेकी देशबाट ल्याएर काममा लगाउनुपरेको छ । तर नेपालीहरुमा कामको निम्ति दक्षता भने कमजोर छ । यसकारण सोचेअनुसारको काम पाउन सकिने अवस्था नबनेको मात्र हो । यसको निम्ति नेपालमा भएका जनशक्तिलाई यहीँ नै काममा लगाउन सकिने किसिमले हाम्रा आवश्यकता बमोजिमका सीपमूलक तालिमहरु सञ्चालन गर्नुपर्ने जरुरी छ ।
हामीले सञ्चालन गरेका उद्योगको क्षेत्रमा नै पनि ठूलो मात्रामा दक्षता सहितका जनशक्ति पाउन गाह्रो छ । फल्स सिलिङ, पेन्ट लगयतको निम्ति हामीले जनशक्ति आवश्यकता बमोजिम पाउन सकेका छैनौं ।

रेमिट्यान्समुखी भयौं ः
युवाहरुलाई नेपालमा नै रोजगारीको निम्ति नेपालमा नै अवसर सृजना गर्नुपर्ने आवश्यकता हुँदाहुँदै पनि नेपाल सरकारले विदेशबाट नेपालमा रेमिट्यान्स भित्र्याउने र त्यसैको आधारमा नेपाल चल्ने नीति अबलम्बन गरेको कारण अहिले नेपालका उद्योगहरु धराशयी हुनपुगेका हुन् । नेपालमा नै रहेका उद्योगहरुलाई चलायमान बनाउन र युवाहरुलाई नेपालमा नै रोक्नको निम्ति पनि राज्यले विशेष ध्यान दिनु जरुरी छ ।
अस्थिर राजनीतिको प्रभाव ः
अहिलेको राजनीति पनि अस्थिर रहेको र आफ्ना कमजोरी तथा अन्य पक्षका सकारात्मक कामहरु स्वीकार्न सक्ने अवस्था नभएको कारण नेपाल अहिले जुन रुपमा प्रणालीगत रुपमा अघी बढ्नुपर्ने हो, त्यो हुन सकेको छैन । नेपालमा राजनीतिक अस्थिरताको कारणले गर्दा नै अहिले नेपालमा खराव संस्कारको विकास भएको छ, यसैकारण नेपालमा उद्यमशिल सोच भएका युवापुस्ता नेपालमा रहेर काममा लाग्न सक्ने अवस्था छैन ।
कम्पनीका उत्पादनहरु ः
युपिभिसि झ्याल, ढोका र पार्टिसन
उच्च गुणस्तरीय आल्मुनियम
स्टोन कोटेड रुफिङ
डेकोरेटिभ स्याण्डविच प्यानल
सेलुलर लाइट वेट कंक्रिट
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij