२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

कामचलाउ सरकारका पछिल्ला निर्णय नयाँ सरकारले स्वीकार नगर्ने

कामचलाउ सरकारका पछिल्ला निर्णय नयाँ सरकारले स्वीकार नगर्ने

नयाँ निर्वाचनबाट देशको पहिलो दल बनेर सरकारको नेतृत्व गर्न लागेको नेकपा एमालेले कामचलाउ सरकारले बिभिन्न संस्थानमा राजनीतिक नियुक्ति गर्न थालेको भन्दै आपत्ति जनाएको छ । एमालेले शेरवहादुर देउवा सरकारले गरेका पछिल्ला नियुक्ति र निर्णयहरुको निरन्तरता कुनै पनि हालतमा हुन नदिने प्रष्ट पारेको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले सोमवार विज्ञप्ति जारी गरि काम चलाउ हैसियतमा सीमित हुनपुगेकोसरकारले विभिन्न निकायमा राजनीतिक नियुक्तिहरू गरेको/गर्न लागेको विषयप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रदेश प्रमुख र त्यससग सम्बन्धित विभिन्न निर्णयहरु गर्न लागेको सूचनाप्रति समेत एमालेले ध्यानकर्षण भएको जनाएको हो । कामचलाऊ सरकारलाई मनपरी निर्णय गर्नबाट कर्मचारी नेतृत्वलाई समेत सचेत गराएको छ ।

महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ-गोरखापत्र संस्थान, दुग्ध विकास संस्थान, चलचित्र विकास बोर्ड र राष्ट्रिय आमसञ्चार प्रतिष्ठान लगायतमा नियुक्ति गरी मौका छोप्न खोज्नु सरकारको दुराशय र जनादेशविपरीत कदम हो । यस्ता गलत निर्णयहरू गर्न स्थायी सरकार मानिने निजामती कर्मचारीका सम्बन्धित जिम्मेवार पदाधिकारीलाई समेत संलग्न नहुन हामी सचेत गराउन चाहन्छौं ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij