२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

नेपाली काँग्रेसका नेता लेखकको घरनजिक बम विष्फोट

नेपाली काँग्रेसका नेता लेखकको घरनजिक बम विष्फोट

नेपाली काँग्रेसका नेता लेखकको घरनजिक बम विष्फोट

कञ्चनपुर, १९ मंसिर :नेपाली काँग्रेसका नेता एवं कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार रमेश लेखकको भीमदत्त नगरपालिका भाँसीस्थित घर नजिकै गएराति बम विष्फोटन गरिएको छ । बम विष्फोटबाट घरमा कुनै प्रकारको क्षति नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो । बम बिष्फोटन गर्ने कार्यमा संलग्नहरुको खोजी कार्य शुरु गरिएको उहाँले बताउनुभयो ।नेपाली काँग्रेसका पूर्व कञ्चनपुर जिल्ला कार्यसमिति सचिव भोजराज बोहराले नेता लेखकको घर नजिकै बम बिष्फोटनको घटनाको भत्र्सना गर्नुभएको छ । उहाँले आपराधिक क्रियाकलापमाथि तत्काल नियन्त्रण गर्न मागसमेत गर्नुभएको छ । यसैबीच, चुनावी कार्यक्रम सकेर फर्कँदै गरेका वाम गठबन्धन डडेल्धुराका प्रतिनिधि सभाका उम्मेदवार खगराज भट्टको गाडीलाई लक्षित गरी गएराति ९ बजे बम प्रहार गरिएको छ । बम प्रहारबाट गाडीमा सामान्य क्षति पुगेपनि उम्मेदवार भट्टसहित गाडीमा सवार सबैजना सकुशल रहेको बताइएको छ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij