२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

अपाङ्गहरुलाई ज्याकेट र स्वीटर वितरण

अपाङ्गहरुलाई ज्याकेट र स्वीटर वितरण

सामाजिक क्षेत्रमा विशेष योगदान दिदै आएको समाजिक संस्था फिलर्स नेपालले जोरपाटीको खगेन्द्र नवजीवन कन्द्रमा एक सय भन्दा बढी अपाङ्गहरुलाई सहयोग गरेको छ ।
केन्द्रमा रहेका एक सयभन्दा बढी अपांगहरुलाई एक सय थान ज्याकेट र एक सय थान स्वीटर वितरण वितरण गरिएको फिलर्स नेपालका अध्यक्ष टासि शेर्पाले बताए ।

शेर्पाका अनुसार संस्थाले गत भदौमा तराई बाढीमा डुबानमा परेको समयमा बौद्धमा राहत संकलनका लागि राखिएको क्याम्पबाट संकलन भएका न्यानो कपडाहरु संस्थासँग एक हजारभन्दा बढी थान कपडा अझैं संस्थासँग सुरक्षित रहेको र सोही कपडाहरुलाई संस्थाले आगामी दिनमा वितवरण गर्ने योजना संस्थाले बनाएको छ ।

फरक ढंगबाट सामाजिक गर्दै आएको यस संस्थाल बाढी पीडितहरुको बस्तिमा पुगेर हात हातैमा राहत सामाग्री वितवरण गरेर फर्किएको थियो । सो समयमा विभिन्न सामाजिक संस्थाहरुले राहत सामाग्री लगेर प्रमुख जिल्ला अधिकारीको हातमा छोड्दै राजधानी फर्कदै गरेका थिए ।

तत्कालीन परिस्थितिमा महोत्तरीको प्रिपामा रहेका झण्डै २ सय वढी वाढी पीडितहरुलाई फिलर्स नेपालले झण्डै तीन लाख भन्दा बढीको राहत सामाग्री वितरणका साथै म्याटे«स, ब्लाङ्कटे, झुल, लामखुट्टे धपाउने धुप, सेनेटरी प्याड, मेडिकल किड्समा जीवनजल, प्यारासिटामोल, व्यान्डेज, पियुष, वेड सिट लगायतका लता कपडाहरु समेत वितरण गरेको अध्यक्ष शेर्पाले बताए ।
यस संस्थाले केही समय अघि हिमाली दुर्गम जिल्ला सोलुखुम्बुको खिरौले, चेपे, जुके, चिनाक्पु, दूधकुण्ड र सल्यानका प्राथामिक विद्यालयहरुमा पुस्तकालय निर्माण गरी झण्डै चार लाख भन्दा माथिको पुस्तक वितवरण गरिसकेको र विशेष गरी यस संस्थाले शिक्षाको क्षेत्रमा काम गर्दै आएको फिलर्स नेपालले हप्ता दिन पछाडि नै वातावरणीय सुरक्षा सम्बन्धी कार्यक्रम समेत आयोजना गर्ने अध्यक्ष शेपाले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij