२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

सङ्घर्षशिल युवा उद्यमी अजय अर्यालकाे सङ्घर्ष र अनुभव

सङ्घर्षशिल युवा उद्यमी अजय अर्यालकाे सङ्घर्ष र अनुभव

अजय अर्याल एक जागरुक युवा उद्यमी हुन् । नेपालीहरुले नेपालमा अवसर छैनन् भन्दै विदेशिइरहेको अवस्थामा अर्याल भने लण्डनबाट अध्ययन सकेर नेपाललाई नै कर्मभूमी बनाइरहेका छन् । अर्का एक जना उद्यमशिल मानसिकताका युवालार्इ साथमा ल्याइ शुरुवात भएको निएसिया ट्राभल्सको मुख्य काम अजयले नै गर्दै आएका छन् । १ बर्ष देखि उनको यो व्यवसाय शुरु भएको हो । ट्राभल एजेन्सीको अलावा अर्यालसँग नेपालमा युवा लक्षित विभिन्न नयाँ–नयाँ योजनाहरु छन् । जुन हामीले निरन्तर पस्कँदै जानेछौं ।

निएसिया ट्राभल्स ः
काठमाडौंबाट सञ्चालित निएसिया ट्राभल्सले हाल आफ्नो सेवा बाली, मलेसिया, थाइल्याण्ड, श्रृलङ्का, सिङ्गापुर, अमेरिका लगायतमा आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ । तुलनात्मक रुपमा सहुलियत दरमा स्तरीय सेवा उपलब्ध गराउने कार्यमा निएसिया निकै प्रतिवद्ध छ । साथै यस ट्राभल्सले उपभोक्ताको रुचि र चाहनालाई मध्यनजर गर्दै तत्कालै विशेष प्याकेज समेत उपलब्ध गराउन लागेको कम्नीका प्रबन्ध निर्देशक अजय अर्याल बताउँछन् ।

कम्पनीका प्याकेजहरु ः
हाल यस कम्पनीले ४ रात ५ दिनको दुवई भ्रमणको निम्ति ६५ हजार, ३ रात ४ दिनको बालीको लागि ६९ हजार, ५ रात ६ दिनको मलेसिया र सिंगापुरको ८० हजार, २ रात ३ दिनको सिङ्गापुरको ८८ हजार, ३ रात ४ दिनको मलेसियाको निम्ति ५८ हजार लगायतका विभिन्न प्याकेजहरु सार्वजनिक गरेको छ ।

 

नेपालमा नै अवसर छन् ः
‘नेपालमा अवसरहरु प्रयाप्त छन् । तर अधिकांश नेपालीहरुले यो बुझ्न सकेका छैनन् । यहाँ भएका अवसरहरुको पहिचान गर्न नसकेको कारण मानिसहरु रोजगारीको निम्ति विदेशिएका हुन् ।’ आफ्नो अनुभवबाट अजय अर्यालले यो कुरा सिकेका छन् ।

प्रतिष्पर्धाले पार्दैन प्रभाव ः
अघिल्लो बर्षबाट फरक तवरले सञ्चालनमा आएको निएसिया ट्राभल्सले गुणस्तरीय सेवालाई नै आफ्नो सर्त बनाउँदै आएको छ । धेरै पहिले देखि पर्यटन क्षेत्रसँग सम्बन्धित कम्पनीहरु बीच उच्च प्रतिष्पर्धा र टिक्न समेत कठिन अवस्था रहेको अवस्थामा पनि निएसियाले यस्तो महसुस गर्नुपरेको छैन । अर्याल भन्छन्, ‘बजार निकै प्रतिष्पर्धात्मक छ, तर त्यस किसिमको प्रतिष्पर्धाले हामीलाई छुन सकेको छैन । हामी उपभोक्ताको सेवामा निरन्तर प्रतिवद्ध छौं । आगामी बजारलाई पहिले नै अनुमान गरेर सोही बमोजिम व्यवसाय गर्दै आएका छौं । यसैकारण प्रतिष्पर्धाको हामीले सामना गर्नु परेको छैन ।’
अधिकांश ट्राभल एजेन्सीहरुले नेपालमा विदेशी पर्यटकहरुलाई ल्याउने अभ्यास गरिरहेको अवस्थामा नेपालीहरुलाई विदेशमा पसनि घुमाउन सकिँदोरहेछ भन्ने उदाहरण पात्रको रुपमा उभिएका अर्याल भविष्यलाई हेरेर अन्तरमनले सही ठहर्याएको क्षेत्रमा मात्र लगानी विस्तार गर्न सल्लाह दिन्छन् ।

पर्यटन क्षेत्रमा अर्यालको प्रवेश ः
यसो त ट्राभलिङको क्षेत्रमा अर्याल एकैपटक प्रवेश गरेका होइनन् । महाराजगञ्ज स्थित एक ट्राभल्समा करिब ७ बर्ष काम गरेर अनुभव सङ्गालेको कारण अहिले उनलाई नयाँ व्यवसायको रुपमा आफैंले ट्राभल एजेन्सी चलाउन सहज भएको छ । पहिले नै कुनै अनुभवको क्षेत्र भएको हुनाले पनि ट्राभल एजेन्सी चलाउँदा त्यति गाह्रो महसुस गर्नुपरेन ।

सफलता बारेको दृष्टिकोण ः
आफ्ना ग्राहकलाई भगवानको रुपमा मान्दै उनीहरुको निम्ति प्रतिवद्ध भइ सेवा प्रदान गर्ने र आफ्नो काममा निरन्तर रुपमा लागिरहँदा नै सफलता हात लाग्दो रहेछ । सफलताको निम्ति मुख्य त कामप्रतिको प्रतिवद्धता नै हो ।

स्तरीय सेवामा प्रतिवद्ध ः
नेपालमा अहिले पर्यटन व्यवसाय समग्रमा तुलनात्मक रुपमा पहिले भन्दा राम्रो हुँदै गएको छ । यद्यपि नेपालमा हामीले प्रदान गर्ने सेवा समेत तुलनात्मक रुपमा कमजोर छैन । यस्तो अवस्थामा नेपालमा हामीले काम गर्न सकिने प्रयाप्त सम्भावनाहरु छन् । ती सम्भावनाहरुलाई सही तवरले व्यवस्थित गर्न सक्नुपर्छ ।

नेपालमा नै सम्भावना खोजौं ः
नेपालमा नै रहेर काम गर्ने हो भने मात्र नेपालको विकासमा सहयोग पुर्याउन सकिन्छ भन्ने कुरा समेत अर्यालबाट सिक्नु जरुरी छ । अध्ययनको निम्ति लण्डन गएका अर्याल नेपालबाटै केही गर्नुपर्छ भन्ने मान्यताले नेपाल फर्किएका हुन् । सन् २००९ मा उनको विविए अध्ययन लण्डनबाट पूरा भएको थियो ।

सङ्घर्षकै उपलब्धि ः युवा उद्यमी
अर्यालले विदेशमा अध्ययनको निम्ति रहँदा सङ्घर्ष के रहेछ भन्ने कुरा सिक्ने मौका उनले पाए । विदेश भनेको स्वदेशी भूमी जस्तो हुँदो रहेनछ । साथै लण्डनमा रहँदा उनले समयको महत्व समेत बुझ्ने मौका पाए । काम प्रति त्यहाँका मानिसहरु कति प्रतिवद्ध रहेछन् भन्ने सिके । विदेशमा रहँदा आफूले सिकेको सीप र समेटेको अनुभवलाई आफ्नै देशमा नै उपयोग गर्नुपर्छ भन्नेमा दृढ सङ्कल्प गरे । यसैबमोजिम उक्त प्रतिज्ञालाई पूरा गर्नको निम्ति नेपालमा नै आएर केही साथीहरुसँग मिलेर उनले ट्राभल व्यवसाय शुरु गरे । कामप्रति निरन्तर समर्पित भइ नै रहे । यसैको उपलब्धि स्वरुप अहिले निएसिया ट्राभल्स एण्ड टुर्सले स्थापनाको छोटो समयमा नै धेरैको मन जित्न सफल भएको हो ।

युवा उद्यमी अजय अर्यालका अन्य योजनाहरु ः
अजय अर्याल नेपालमा पर्यटनको क्षेत्रमा रहेर काम गरिरहेका एक सङ्घर्षशिल युवा उद्यमी हुन् । यसको अलावा अर्यालले आफ्नो लगानीलाई विविधिकरण गर्ने योजना समेत बनाएका छन् । कलंकीमा ८० सटरमकाे चाइना टाउन तथा इभेन्ट म्यानेजमेन्ट  लगायतका विभिन्न क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने योजनामा उनी छन् ।

ट्राभल्सले प्रदान गर्ने सेवाहरु ः
हाल यस ट्राभल्सले गाडीको टिकट बुकिङ, डोमेष्टिक र इन्टरनेशनल हवाइ टिकटिङ, होलिडे प्याकेज, माउण्टेन फ्लाइट, होटल बुकिङ लगायतका सुविधा उपलब्ध गराउँदै आएको छ । यति मात्रै होइन, नेपाली सङ्घर्षशिल युवाहरुको निम्ति अहिले अजय अर्याल नमुना पात्रको रुपमा समेत उभिएका छन् ।

विजनेश मन्त्र’ सिकाउन तत्पर छन् अर्याल ः
सरल स्वभाव र हँसिलो अनुहार लगायत शारीरिक हाउभाउबाट नै नयाँ व्यक्तिलाई प्रभावित पार्न सक्ने अर्यालबाट व्यवसायमा नयाँपन चाहने र सफल बन्न चाहने व्यक्तिहरुले ‘विजनेश मन्त्र’ सिक्नु जरुरी छ । आफु नयाँ व्यक्तिलाई आफ्नो सफलताको ‘विजनेश मन्त्र’ सिकाउँदै नयाँ उद्यमी तयार पार्न निरन्तर तत्पर रहने समेत अर्याल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij