२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

धार्मिक र सांस्कृतिक क्षेत्रको प्रवद्धनमा मेरो पहल रहनेछ : दीपक निरौला

धार्मिक र सांस्कृतिक क्षेत्रको प्रवद्धनमा मेरो पहल रहनेछ : दीपक निरौला

काठमाडौंको प्रदेश नम्बर ५ (ख) लिच्छवीकालिन बस्तिको रुपमा रहेको क्षेत्र हो । यस क्षेत्रलाई धार्मिक र सांस्कृतिक क्षेत्रको रुपमा विकास गर्नुपर्छ भन्नेमा हामी सचेत छौं । हामी त्यसै बमोजिम यस क्षेत्रको संरक्षणका विषयवस्तुहरु हामीले उठाएका छौं ।

दीपक निराैला प्रदेश सभा निर्वाचन काठमाडौं क्षेत्र नम्बर ५ (ख)

सम्भावना रहेका क्षेत्रहरु :
टोखा क्षेत्र आफैंमा प्राचिन क्षेत्र हो । जहाँ सपना तीर्थ, स्वस्थानीमा उल्लेखित दक्ष प्रजापतिले हवन गरेका क्षेत्रहरु, बुढानिलकण्ठ मुर्ति (एउटा मात्र ढुंगामा कुँदिएको लिच्छवीकालिन मुर्ति), महानगरपालिकाको ३ मा स्थापित गंगालाल हृदयरोग केन्द्र, त्रिवि शिक्षण अस्पताल, कान्तिबाल अस्पताल लगायतका स्वास्थ्य पूर्वाधारहरु, शिवपुरी राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रहरु यस प्रदेशमा समेटिएका छन् । जसले गर्दा आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्धन, स्वास्थ्य सेवामा प्रयाप्त सुधार, धार्मिक सांस्कृतिक क्षेत्रको संरक्षण र संवद्धन गर्ने लगायतका विषयवस्तुहरु हामीले उठाएका छौं । यसको अलावा शिक्षा, स्वास्थ्य, सडक लगायतलाई पनि प्राथमिकताको साथ उठाएका छौं । साथै हामीले सुविधा सम्पन्न शहरी विकासको निम्ति पनि हामीले विशेष ध्यान दिनेछौं । व्यवस्थित वस्ती विकसको निम्ति हामीले टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा संलग्नतामा गुरुयोजना तयार गरिसकेका छौं ।

क्षेत्र नम्बर ५ मा एमालेको जितका आधारहरु :
हामीले नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनमा जितेका क्षेत्रहरुलाई पनि हेर्न सक्छौं । उक्त निर्वाचनमा यस क्षेत्रबाट नेकपा (एमाले) एक्लै पनि अगाडि नै थियो । तर यसपटकको निर्वाचनमा माओवादी केन्द्र समेत हामीसँगै छ । यसरी हेर्दा हामी २५ सय देखि ३ हजारको हाराहारीमा अगाडि रहेका छौं । यसले गर्दा हामीलाई जितको निम्ति कुनै शंका छैन । यस क्षेत्रबाट म लगायत नेकपा (एमाले)ले खेलेको भूमीका समेत राष्ट्रियता र जनजिवीका सम्बन्धमा निकै नै महत्वपूर्ण छ । यसरी हेर्दा हाम्रा प्रदेशका जनताहरुले हामीले पुःन सूर्य चिन्हमा मतदान गरी म लगायत मेरा प्रतिनिधिसभा उम्मेदवार तथा पार्टी महासचिव इश्वर पोख्रेललाई समेत यहाँका जनताहरुले विजयी गराउनुहुनेछ भन्नेमा पूर्णत आशावादी छौं ।

विगतमा मेरो भूमीका ः
अहिले सम्म क संसदीय अभ्यासमा आइसकेको छैन । यसभन्दा पहिले पार्टीका विभिन्न भूमीकामा संगठकको रुपमा रहेर मैले महत्वगपूर्ण काम गरेको छु । पार्टीलाई एकतावद्ध गर्ने काममा मेरो महत्वपूर्ण भूमीका विगतमा पनि रहेको थियो । यसपटक म पहिलो पटक जनताको मतबाट विजयी भइ जनताका कार्यहरुमा निरन्तर प्रतिवद्ध भई लागि नै रहनेछु ।

धार्मिक सांस्कृतिक क्षेत्रलाई व्यवस्थित गर्नु जरुरी ः
अहिले पनि यहाँ प्रयाप्त सम्भावना हुँदाहुँदै पनि ती सम्भावनाहरुको निम्ति व्यवस्थित तवरले अभ्यास हुन नसकेको कारण ती कामहरु राम्रो तवरले व्यवस्थित हुन सकेका छैनन् । यस्तो अवस्थामा हाम्रा धार्मिक, सांस्कृतिक क्षेत्रहरुलाई व्यवस्थित गर्नु जरुरी रहन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij