२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

काठमाडौं क्षेत्र नम्बर ६ मा वाम गठबन्धनका गतिविधिहरु तीव्र

काठमाडौं क्षेत्र नम्बर ६ मा वाम गठबन्धनका गतिविधिहरु तीव्र

  • अब हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी विभिन्न गतिविधिहरु तीव्र हुन थालेका छन् । यसैकारण अहिले सबैजसो दलका नेता तथा कार्यकर्ताहरु नियमित रुपमा भेटघाट, छलफल, घरदैलो, आमसभा लगायतका कार्यक्रमहरुमा व्यस्त भइरहेका छन् । संयुक्त रुपमा चुनावमा होमिएको नेकपा (एमाले) र माओवादी केन्द्रका गतिविधिहरु पनि तीव्र रुपले अघी बढेका छन् ।
    एक कार्यक्रममा  काठमाडौं क्षेत्र  नम्बर ६ का उम्मेदवार झक्कु सुवेदीले चुनावी गतिविधिको कारण आफू लगायत आफ्नो सम्पूर्ण टीमको व्यस्तता अत्यधिक बढेको बताए ।

वामपन्थी निकट क्षेत्र नम्बर ६ का बुद्धिजिवीहरुको समूहले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सुवेदीले आफू काठमाडौंमा बसेर कर्णालीका योजना बनाउने व्यक्ति नभएको भन्दै जनताका समस्याहरु के छन् ? ती समस्याहरुको बारेमा स्थानीय सचेत र वुद्धिजिवीवर्गहरु नै जानकार भएको कारण आफूलाई त्यस्ता समस्याहरुको बारेमा जानकारी गराउन र समाधान समेत यो हुन सक्छ भनी औंल्याइदिन आग्रह गरेका छन् ।

जनताहरु प्रत्यक्ष रुपमा श्रमसँग जोडिने हुनाले श्रमजिवी जनताहरुको स्थान उच्च रहने बताउँदै सुवेदीले जनता नै इतिहासका निर्माता र ज्ञानका खानी रहेको समेत बताएका छन् । साथै काठमाडौंको निम्ति मेलम्चीबाट पानी ल्याउने योजनाबारे अहिले सबैलाई जानकारी भएपनि काठमाडौंको रिङरोडलाई आवश्यक पानी कहाँबाट ल्याउन सकिन्छ भन्ने कुरा धेरैलाई थाहा नभएको र आफू पनि अनविज्ञ रहेको अवस्थामा जनताले नै शिवपुरीबाट पानी ल्याइ वरपरका क्षेत्रमा उपलब्ध गराउन सकिने स्रोत समेत देखाइदिएकोमा आफू जनता प्रति कृतज्ञ रहेको समेत बताए । आफ्ना सम्पूर्ण योजनाहरु जनताको आवश्यकता र औचित्यताबाट नै निस्कने कारण आफ्ना स्थानीय विकासका योजना कागजमा मात्र सीमित हुने नभई जनजिवीकासँग प्रत्यक्ष जोडिएका र जनताका समस्याहरुसँग मुछिएका हुने साथै त्यस्ता समस्या पूरा गराई छाड्नेमा आफू प्रतिवद्ध रहेको समेत सुवेदीले बताएका छन् ।

 

बिजुली बेचेर धनी बन्नुपर्नेमा सुवेदीको जोड ः
प्रतिनिधिसभा उम्मेदवार सुवेदीले खाडी मुलुक तेल बेचेर धनी भएको बताउँदै नेपाल समृद्ध बन्ने प्रयाप्त सम्भावना रहेको र मुख्य सम्भावनाको रुपमा पानीबाट बिजुली निकालेर विश्व बजारमा गरिने विक्री नै रहेको बताएकाछन् । उनले भने, ‘जसरी खाडी मुलुक आफूसँग उपलब्ध स्रोतको रुपमा तेल बेचेर धनी भयो, त्यसरी नै हामी बिजुली बेचेर धनी हुनुपर्छ । यति मात्रै होइन, हामीसँग प्रयाप्त स्रोत र साधनहरु छन् । पर्यटन, कृषि, जडिबुटी लगायतका क्षेत्रहरु छन् ।’ साथै सुवेदीले देश कसरी सम्पन्न हुन सक्छ भन्ने बारे बुद्धिजिवी वर्ग पूर्ण जानकार रहेको बताउँदै त्यसको खाका कोर्न समेत आग्रह गरे । समस्या र समाधान दुवै बुद्धिजिवीवर्गलाई जानकारी नै भएको कारण आफूलाई केवल ती निष्कर्षलाई सुझावको रुपमा दिन आग्रह गर्दै आफू कार्यान्वयनमा लाग्ने बताए ।

खवरदारी गर्न र कमजोरी औंल्यादिन सङ्ग्रौलाको आग्रह ः

याेगेन्द्र सझ्ग्राैला

प्रदेश नम्बर ६ (ख)का वाम उम्मेदवार योगेन्द्र सङ्ग्रौलाले पनि जनताहरुलाई आफ्ना समस्या खुलेरै उठाउन आग्रह गरेका छन् । जनताहरुले आफू लगायत सिङ्गो टिमलाई माया र सद्भाव दिएको प्रति कृतज्ञता प्रकट गर्दै जनताहरुले आफूलाई मायाको घेरामा मात्र सीमित नराखी आवश्यकता बमोजिम खवरदारी समेत गर्न र कमजोरी औंल्याइदिन समेत आग्रह गरेका छन् ।

टोखारोड अन्तरगत खरिबोट (निर्मल बाटिका स्कुलसँगै)का स्थायी बासिन्दा समेत रहेका सङ्ग्रौला आफू क्षेत्र नम्बर ६ को निम्ति नयाँ व्यक्ति नभएको बताउँदै स्थानीयका समस्याहरुमा साथ दिँदै आएको कारण यस क्षेत्रको अवस्था र जनताका समस्या एवं चाहनाहरुको बारेमा धेरै हद सम्म जानकार नै भएको साथै जनताहरुले आफ्ना समस्याहरु सिधै आफूलाई वा गठबन्धनका विभिन्न तहका व्यक्तिहरुलाई भेटेर व्यक्त गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij