१ बर्ष पहिले देखि बाइसधारा स्थित सञ्चालनमा आएको युनिक सर्टिङ सुटिङ एण्ड टेलरिङले बाइपासको ओरालो (तरुण मावि अगाडि) शाखाको रुपमा स्तरीय सेवा सहितको टेलरिङ सेवा विस्तार गरेको छ ।
नेपालटार क्षेत्रका ग्राहकहरुलाई लक्षित गर्दै उक्त पसल विस्तार गरेको न्यूू युनिक सर्टिङ सुटिङ एण्ड टेलरिङका सञ्चालक सुसान्त घिमिरेले बताएका छन् ।
करिब ५० लाख रकमको लगानीमा विस्तार गरिएको उक्त पसल अन्य छिमेकी टेलर्सहरुको तुलनामा निकै आकर्षक र ग्राहक सेवामा प्रतिवद्ध छ ।
स्तरीय सेवालाई लक्षित गरी सञ्चालनमा ल्याइएको यस टेलरिङ सेन्टरको बाइसधारामा समेत राम्रो कारोबार भइरहेको छ ।
आफूहरुले गुणस्तरीयतामा ध्यान दिएको कारण एक पटक कपडा सिलाउन आएको व्यक्ति पुःन अर्को पटक पनि आउने र आफ्ना साथीहरुलाई पनि सोही टेलर्समा नै कपडा सिलाउनको निम्ति पठाउने गरेको समेत सुसान्त घिमिरेले बताए ।
साथै ग्राहकको मायाले नै आफूहरु टिकेको बताउँदै ग्राहकको आवश्यकता र सहजतालाई ध्यानमा राखी बाइपास ओरालोमा सेवा विस्तार गरेको समेत बताए ।
भारतबाट समेत सिधै नेपालमा कपडा आयात गर्दै आएका उनीहरु नेपालमा सर्टिङ सुटिङ तथा टेलरिङ क्षेत्रको बजार विस्तार हुँदै गएको र आगामी दिनमा यस क्षेत्रमा निकै राम्रो सम्भावना रहेको समेत बताउँछन् । हाल यस हित न्यू युनिक सर्टिङ सुटिङ एण्ड टेलरिङ सेन्टरमा सुसान्त घिमिरे, श्यामकृष्ण घिमिरे र अफरोज आलमले लगानी गरेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij