२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

गौचन हत्यामा संलग्न दुई जना कपनबाट पक्राउ

गौचन हत्यामा संलग्न दुई जना कपनबाट पक्राउ

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न गिरोहका थप २ जनालाई प्रहरीले काठमाडौंको कपनबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्र धानुकका अनुसार पक्राउ पर्नेमा बसन्त थेवे र धनराज योङहाङ रहेका छन् । प्रहरीले थेवेको साथबाट ९ एमएमको पेस्तोलसहित ८ .राउण्ड गोली पनि फेला परेको छ । 

त्यस्तै योङहाङको साथबाट एकथान कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद गरिएको एसएसपी धानुकले जानकारी दिए । पक्राउ परेकाहरुले गौचनको सूचना सुटरलाई दिने तथा  हत्यामा प्रयोग गरिएका हतियार लुकाउन मद्दत गरेको प्रहरीको आशंका छ ।  गौचन हत्यामा संलग्न मुख्य सुटरसहित ५ जनालाई प्रहरीले गत  मंगलबार पक्राउ गरी सार्वजनिक गरेको थियो । घटनामा अझै ८ जना फरार रहेको बताइएको छ ।

असोज २३ गते शान्तिनगरस्थित आफ्नै घरनजिक गौचनलाई गाडीभित्रै गोली हानिएको थियो । उनको तत्कालै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij