२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

बुढानिलकण्ठको भेटघाट तीब्र

बुढानिलकण्ठको भेटघाट तीब्र

काठमाडौ । नेकपा एमालेका तर्फ बाट काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार डा। राजन भट्टराई आज बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा भेटघाटमा व्यस्त रहेका छन्।

आफ्नो चुनावी प्रचार अभियानमा भट्टराई साविक चुनिखेलका स्थानीय जनता र आफ्ना कार्यकर्ता संग भेटघाट गरेका हुन।अनौपचारिक भेटघाट लाई पछिल्लो चरणमा प्राथमिकता दिएका उनले स्थानीय संग त्यहाका समस्या र जनताले भोगेका दुखको वारेमा जिज्ञासा राखेका थिए ।

प्राचिन महत्व बोकेको चुनिखेल सांस्कृतिक र प्राकृतिक महत्व बोकेको स्थान भएको बताउदै भट्टराईले आफ्नो विकास योजनामा यस क्षेत्रलाई निकै महत्व दिएको बताएका थिए । वडा नं १३ का जनप्रतिनिधि आफ्ना दुत भएकोले उनीहरु मार्फत काम गर्ने उनले उक्त भेटघाटमा बताएका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij