तारकेश्वर नगरपालिका र नर्थ काठमाडाैं विकास अभियानकाे सहकार्यमा चाैथाे रन फर नर्थ काठमाडाैं शनिवार सम्पन्न भएकाे छ । अागामी शैक्षिक सत्रकाे निम्ति छात्रवृत्ति वितरणकाे निम्ति सहयाेग सङ्कलनकाे उद्देश्य सहित अायाेजना गरिएकाे यस प्रतियाेगिताकाे दाैडकाे निम्ति धर्मस्थली, जरङखु, लामबगर, डाँडागाउँ, टुसाल, फुटुङ चाैर, विहानी चाेक, साङ्ला हुँदै साङ्ला बालकुमारी मावि सम्मकाे रूट निर्धारण गरिएकाे थियाे ।
करिब साढे ७ किलाेमिटर लामाे रूटकाे उक्त दाैडमा खुल्ला तर्फ पुरूष टीमबाट प्रविन कुमार वाेहाेरा प्रथम, पविन खनाल द्वितीय र अजय पुतुवार तृतीय भए । यसैगरी खुल्ला महिलाबाट प्रियङ्का पाण्डे र गीता तामाङ उत्कृत्ट भए।
विद्यालय तर्फ छात्र मध्ये काभ्रेस्थली स्कुलका राज कुमार पुन प्रथम, नेपाल राष्ट्रिय माविका राजेन्द्र तामाङ द्वितीय र काैशल स्कुलका युनेश तुम्बापाे तृतीय भए ।
साथै विद्यालय छात्रा तर्फ साङ्ला बालकुमारी स्कुलकी सुमिना महर्जन प्रथम, नागार्जुन ठूलागाउँ माविकी विमला बलामी द्वितीय र नेपाल राष्ट्रिय माविकी अर्पना परियार तृतीय बनेकी छिन् ।
दाैड कार्यक्रममा १७ स्कुलका १ सय ७६ जना विद्यार्थीहरूले भाग लिएका थिए ।
प्रतिष्पर्धामा उत्कृष्ट हुने मध्ये क्रमश प्रथमलार्इ ७ हजार, द्वितीयलार्इ ५ हजार र तृतीयलार्इ ३ हजार रकम उपलब्ध गरार्इएकाे छ ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर वाेहाेरा, प्रमुख कार्यकारी अधिकृत अग्नि प्रसाद अधिकारी, नर्थ काठमाडाैं विकास अभियानका अध्यक्ष सुनिल बस्नेत लगायतकाे उपस्थिति थियाे । वाेहाेरा प्रमुख अतिथि हुनुहुन्थ्याे भने कार्यक्रम सञ्चालन विमला बस्नेतले गरेकी थिर्इन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij