२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

नुवाकाेटकाे विकासमा रामशरणका विगतका पहल र भावी याेजना

नुवाकाेटकाे विकासमा रामशरणका विगतका पहल र भावी याेजना

नुवाकाेटबाट नेपाली काङ्ग्रेसकाे जित हुनेमा निम्न अाधारहरू छन् । स्थानीय तहमा कांग्रेसको सरकार रहँदा विगतमा गरेको विकासले जनताहरू प्रभावित रहेकाे र आगामी दिनमा पनि थप विकास हुने आसामा रहेका जनताहरूले नेपाली काङ्ग्रेसलार्इ नै भाेट हाल्नेमा नेपाली काङ्ग्रेस विश्वस्त छ । साथै पछिल्लाे समय निर्माण भएकाे बामपंथी एकताले समेत नेपाली काङ्ग्रेसलार्इ थप सशक्त बन्न सहयाेग पुगेकाे एक नेताले बताएका छन् ।
 डा रामशरण महतलले नुवाकोटमा गरेका विगतका प्रयाश ः
नुवाकोटको विकासका केही मुख्य मुख्य कार्यक्रमहरु निर्वाचनको राजनीतिमा प्रवेश गरेपछि सांसद, मन्त्री लगायत विभिन्न ओहदामा रहेर नुवाकोट जिल्लाको विकास र आर्थिक रुपान्तरणका लागि विभिन्न कामहरू  गर्नुभएकाे छ । ती कामहरुका बारेमा यहाँका जनता जानकार नै छन् । जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने छहरे–टोखा सडक, गल्छी–देवीघाट सडक, नुवाकोट हुँदै जाने मध्यपहाडी लोकमार्गको निर्माण, निर्माणाधीन गल्छी–रसुवागढी सडक, गँगटे–गोल्फुभन्ज्याङ्ग, लिखु–कविलास देखि बेतिनी–गोल्फुभन्ज्याङ्ग आदि सडकहरु छन् । यसकाे अतिरिक्त अन्य दर्जनौं सडकहरु बहुबर्षीय ठेक्का प्रणालीमा शुरुवात गरी सबै गाउँपालिका र वडाहरुमा पक्की सडकहरु निर्माणाधीन छन । लिखु, तादी र सहायक नदीहरुमा करिव दर्जनौं पक्की पुलहरुमध्ये अधिकांश निर्माण भइ सञ्चालनमा आइसकेका छन् र कतिपय निर्माणाधीन छन । त्यस्तै दर्जनौं झोलुङ्गे पुलहरु, ठूला तथा मध्यम सिंचाई आयोजनाहरु, सबै गाउँमा उज्यालो पुर्याउने विद्युतीकरण कार्यक्रम, डुवाचे जस्ता वृहद् आयोजना लगायत कैयौं खानेपानी आयोजना, झोर–छहरे टनेल मार्गको संभाब्यता अध्ययन जस्ता कार्यक्रमहरु उहाँको पहल र सक्रियतामा सञ्चालनमा छन । त्यसैगरी उहाँकै पहलमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय, अस्पताल मन्दिर, गुम्बा एवं पुरातात्विक सम्पदा तथा धरोहर, सार्वजनिक भवनको पुनर्निर्माण र भूकम्पपीडितहरुलाई घर निर्माण अनुदान आदि कार्यक्रमहरु पनि सञ्चालनमा छन् ।
भावी कार्यक्रम ः
विगतमा प्रारम्भ गरिएका उपरोक्त आयोजनाहरुलाई आगामी दिनहरुमा सम्पन्न गराउन उहाँले सार्वजनिक प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ । त्यस्तै खानेपानी, विजुली, सिंचाई, सडक जस्ता आधारभूत सुविधाहरु नपुगेका गाउँ–बस्तीहरुमा यी सुविधाहरु पुर्याउने, शिक्षा–स्वास्थ्य क्षेत्रको स्तरोन्नति, कच्ची सडकको स्तरोन्नति गर्दै पक्की बनाउने, झोंर–छहरे टनेलमार्ग जस्ता बृहद् राष्ट्रिय आयोजनाहरु कार्यान्वयनमा ल्याइनेछ । बालाजु–त्रिशुली सडक स्तरोन्नतिलाई यथाशीघ्र सम्पन्न गराउने, काउले ठाना —छहरे सडक र विगतमा संभाब्यता अध्ययन भैसकेर पनि निर्माण नभएका अन्य सडकहरुलाई शीघ्र कार्यान्वयन गराउने उहाँको कार्यक्रम छ । नुवाकोटको दक्षिणी भेगलाई राष्ट्रिय यातायातको सञ्जालमा ल्याउन तीनपिप्ले गल्छीमार्गको स्तरोन्नतिको कामलाई शीघ्र सम्पन्न गरिनेछ । त्यस्तै ओखरपौवा डम्पिङ साइटका कारण यस भेगका जनताले भोग्नुपरेका प्रदूषण तथा अन्य समस्याहरुको निराकरण गर्ने लगायतका एजेण्डालाई पनि प्राथमिकता दिइनेछ । आफनो निर्वाचन क्षेत्रका साथै सम्पूर्ण नुवाकोट जिल्लालाई उर्जा उत्पादन केन्द्रको रुपमा स्थापित गर्ने सोच रहेको छ । नुवाकोट जिल्लालाई पर्यटकीय आकर्षक गन्तब्यस्थलको रुपमा विकास गर्न नुवाकोट दरबार परिसर लगायत अन्य क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुनर्निर्माण गरी प्राकृतिक सम्पदा र विविधताको उपयोग गर्नु आवश्यक छ ।
नुवाकोट जिल्ला खाद्यान्न भण्डारको रुपमा चिनिएको छ । त्यसैले कृषि उत्पादन विविधिकरण र व्यवसायीकरण गर्दै नयाँ प्रविधि प्रयोग गरी उच्चमूल्यका कृषि उपज, जडिबुटीको प्रवद्र्धन गरी किसानको जीवनस्तर माथि उकास्न कृषि क्रान्ति गर्नु अपरिहार्य छ । नुवाकोट जिल्लालाई नेपाल–चीन–भारतको व्यापारिक नाकाको रुपमा विकसित गरी आर्थिक अवसरहरु बढाउन उहाँको सोच अनुसार कार्य अघि बढेको जानकारी दिनु भएको छ। यसअतिरिक्त रोजगारी सिर्जना र आय वृद्धिका अवसरहरु सिर्जना गर्ने र ग्रामीण क्षेत्रको जीवनस्तर माथि उठाउने चुनौतीपूर्ण कार्य पूरा गर्न स्पष्ट दृष्टिकोण भएको अनुभवी र विकासमूखी नेतृत्वको खाँचो छ । त्यसैले नुवाकोटको सर्वाङ्गिण विकास लागि डा रामशरण महत जस्ता स्पष्ट दृष्टिकोण भएका नेतालाई नै आफ्नो प्रतिनिधि बनाई राष्ट्रिय नेतृत्वमा पुर्याउन आवश्यक रहेको नेपाली कांग्रेसको क्षेत्र न एकका प्रचारप्रसार समितिका एक सदस्यले सेताेघरलार्इ बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij