जोरपाटीका पारस शेर्पा, रोजन सुवेदी, छिरिङ शेर्पा, सञ्जन श्रेष्ठ, अरुण सिं लगायतका कलेज तहमा अध्ययनरत जागरुक विद्यार्थीहरुले हाल ब्याण्ड मिराकल नामक नामक एउटा समूहको माध्यमबाट विभिन्न सांगितिक गतिविधिहरु सञ्चालन गरिरहेका छन् ।
हाल यस समूहले हाल काठमाडाको ठमेल, बौद्ध लगायतका विभिन्न क्षेत्रहरुमा होटल तथा फेस्टिवलहरुमा आयोजना हुने साङ्गीतिक कार्यक्रम मार्फत आफ्नो प्रतिभाको प्रस्फुटन गरिरहेका छन् । उनीहरुले

आफ्ना गतिविधिहरुलाई काठमाडौं बाहिर पनि विस्तार गरिसकेका छन् ।
हाल ५ जना व्यक्तिहरु समूहगत रुपमा सहकार्यमा नै
आफ्ना गतिविधिहरु अघी बढाइरहेका उनीहरु नेपालमा अहिलेको अवस्थामा कलाकारिता क्षेत्रमा अवसर खोजिरहेका छन् । हाल कम्प्युटर सम्बन्धी अध्ययन गरिरहेका उनीहरुले हाल म्युजिक क्षेत्र र अध्ययन दुवैलाई सँगसँगै अघी बढाउने सोचमा छन् । दुवै क्षेत्रलाई सँगसँगै अघी बढाउने सोचको साथ अघी बढाएका उनीहरुलाई परिवारबाट समेत साथ प्राप्त भएको छ ।
विद्यालय तहमा अध्ययन गर्ने क्रममा पनि विभिन्न अव

सरहरुमा आफ्नो क्षमता प्रस्तुत गर्दै आएका उनीहरुले हाल म्युजिक तथा व्याण्ड क्षेत्रलाई अघी बढाएका छन् । हाल शोखको रुपमा अघी बढाएको यो क्षेत्रलाई उनीहरुले व्यावसायिक रुपमा अघी बढाउन सक्छन् वा सक्दैनन्, त्यो त समयले नै देखाउनेछ ।
सामाजिक कार्यहरुमा पनि संलग्न हुनुपर्छ भन्ने मान्यताले अघी बढेको यो समूहले समाजको निम्ति बाढीपहिरो, देउसीभैलो लगायतका कामहरु अघी बढाउने सोच बनाएको छ । देउसी

भैलोबाट प्राप्त भएको रकम पनि समाजसेवामा नै खर्च गर्ने योजना समेत उनीहरुले बनाएका छन् ।
हाल हरेक हप्ता शुक्रबार र शनिवार यस समूहले आफ्नो प्रस्तुती विभिन्न होटलहरुको माध्यमबाट प्रस्तुत गर्दै आएको छ । सबैभन्दा बढी कार्यक्रमहरु ठमेलको होटल रेटक्सबाट हुने गर्छन् ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij