गुल्मी – नेकपा एमालेका सचिव गोकर्णराज विष्टले आर्थिक सामाजिक हिसावले जनताको जीवनस्तर उठाई जनताले गौरव गर्ने अवस्था ल्याउनका लागि कम्युनिष्ट एकता भएको बताएका छन् । लामो समयदेखिको राजनीतिक अस्थीरता आठ नौ महिनामा सरकार परीवर्तन गर्ने अवस्थाका कारण देशको विकास हुन नसकेको भन्दै २ तिहाई बहुमत ल्याई स्थीर सरकार बनाउने देशको तिव्र विकासका लागि यो तालमेल भएको बताए ।

विष्टले अहिलेकाे एकता कसैका विरुद्ध लक्षित नभएकाे बताउँदै देश र जनताको चाहना र आवश्यकतालाई सम्बोधन गर्नका साथै राष्ट्रिय स्वाधिनता र जनताको जीवनस्तर उठानका लागि यो एकता अावश्यक रहेकाे बताएका छन् ।
गुल्मीको सदरमुकाम तम्घासमा आयोजीत पत्रकार सम्मेलनमा उनले भने – ‘दुई तिरका छिमेकी देशरुहले आर्थिक स्तर माथि उठाएकोले केही समयभित्र जनताको जीवनस्तर उठाउन नसकेमा हामी धेरे पछाडी पर्छौ त्यसका लागि स्थीर सरकार बनाउन पनि हाम्रो यो तालमेल हो ।’
विष्टले उपचार नपाएर मृत्यू, यूवा पलायन हुने, शिक्षा नपाएर बेरोजगार हुनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने आवश्यकता पूरा गर्नकाे लागि, सुशासन र स्थीर शासन कायम गर्न दुई तिहाई बहुमत चाहिने भएकोले समाजवादको यथार्थतालाई बुझेर यो तालमेल अगाडी बढेको बताए ।
विष्टले निर्वाचनपछि दुई पार्टीको एकिकरण हुने गरी सहमति भएको पनि बताए । कसै कसैले जुन प्रकारले आशंका गरेका छन त्यो आशंका मेटिने गरी निकटता बढेको छ, यसले नेपालको कम्युनिष्ट आन्दोलन नयाँ ढंगले अगाडी बढ्ने दावी गरे । ‘नेताहरुलाई व्यवस्थापनका धेरै विषयमा पनि छलफल भएको छ’ उनले भने ‘जनताका चाहनाहरुलाई पूरा गर्नेगरी नेताहरुलाई व्यवस्थापन गर्ने कुरा भएको छ ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij