२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

दुईवटा पार्टीको समानुपातिक सूचिमा परेपछि यस्तो आयो गंगा चौधरीको प्रतिक्रिया

दुईवटा पार्टीको समानुपातिक सूचिमा परेपछि यस्तो आयो गंगा चौधरीको प्रतिक्रिया

काठमाडौं– नेकपा एमाले र नयाँ शक्ति पार्टी नेपाल दुबै दलको समानुपातिक उम्मेदवारको सूचिमा रहेकी गंगा चौधरीले आफ्नो प्रतिक्रिया राखेकी छिन् । उनले यस्तो हुनुमा निर्वाचन आयोगले गल्ति गरेको बताएकी छिन् । चौधरीले कार्तिक १३ गते नै नयाँ शक्तिबाट आफ्नो नाम झिक्न आयोगमा निवेदन दिएको बताएकी छिन् । उनले आयोगमा दर्ता गराएको आफ्नो पत्रको दर्ता नं. ५ रहेको बताईन् ।

कार्तिक १२ गतेसम्म बन्द सुचिमा रहेका उम्मेदवार संसोधनका लागि आयोगले समय दिएको थियो । तर, चौधरीले १ दिन ढिला गरी १३ गते गएर संसोधनका लागि निवेदन दिएकी थिइन् ।

चौधरीलाई दुई दलले दाङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा समानुपातिकतर्फ सुचिकृत गरेका छन् । गत असोज २९ गते राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिक उम्मेदवारको सुचि आयोगमा बुझाएका थिए । कार्तिक १७ गते आयोगले समानुपातिक तर्फका उम्मेदवारहरुको बन्द सूचि सार्वजनिक गरेको थियो । आयोगले सार्वजनिक गरेको सूचिमा गंगाको नाम एमाले र नयाँ शक्ति दुवै तिर भेटिएको भनेर रातोपाटीले खुलासा गरेपछि यो प्रकरण बहसमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij