नेपाल विद्यालय भलिवल कमिसनको आयोजनामा भइरहेको भलिबल प्रतियोगिता काठमाडौंको नयाँबसपार्क स्थित कान्तिपुर मलसँगैको ढोरपाटन हलमा चलिरहेको छ । कात्तिक १२ देखि १९ गते सम्म चल्ने उक्त प्रतियोगिताबाट विद्यालय स्तरका भलिबल क्षेत्रमा नै अवसर खोज्ने युवाहरुबाट उत्कृष्ट टिमलाई छनौट गरी राष्ट्रिय भलिबल टीम तयार गर्ने रहेको बताइएको छ ।
१८ बर्ष मुनीका २३ पुरुष टीम र १६ महिला टीम रहने यस प्रतियोगितालाई प्याब्सनको मुख्य सहकार्यमा सञ्चालन गरिएको छ ।
देशभरका उत्कृष्ट खेलाडीहरु छनौट गरेर आयोजना गरिएको यो प्रतियोगिता सम्पन्न गर्ने क्रममा भलिबल कमिसनका अध्यक्ष राम बहादुर केसी, सचिव लोकेन्द्र बहादुर खड्का लगायत कार्यसमितिका व्यक्तिहरुको मुख्य समन्वयनकारी भूमीका रह्यो भने प्रतियोगिता आयोजना गर्ने क्रममा देशभरका विद्यालय तथा सम्बन्धित अन्य विभिन्न संघसंस्थाको समेत सहयोग प्राप्त भएको छ ।

पहिलाे पटक अायाेजना गरिएकाे यस भलिबल प्रतियाेगिताबाट खेलाडी, खेलप्रेमी तथा अायाेजक पक्ष निकै नै उत्साहित छन् । खेल निकै राेमाञ्चक पूर्ण छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij