२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

आज हरिबोधनी एकादशी, नुवाकाेटका पवित्र धार्मिकस्थलमा भक्तजनको घुइँचो

आज हरिबोधनी एकादशी, नुवाकाेटका पवित्र धार्मिकस्थलमा भक्तजनको घुइँचो

  • – दीपक घिमिरे, नुवाकाेट ।

आज हरिबोधनी एकादशी । यसै अवसरमा नुवाकोटका विभिन्न धार्मिकस्थलमा बिहानै देखि भक्तजनको भीड लागेको थियो ।  नुवाकोट र रसुवाको सिमानाामा पर्ने पवित्र त्रिशुली नदीमा स्नान गर्न हजारौँको संख्यामा भक्तजनको भीड लागेको हो ।

त्रिशुली र फलाखु नदीको संगममा पर्ने नुवाकोटको उत्तरगया धाममा स्नान गर्ने भक्तजनको घुइँचो लागेको थियो l स्नान गर्नका लागि नुवाकोटका साथै रसुवा, धादिङ र काठमाडौंबाट ठूलो संख्यामा श्रद्धालु भक्तजन त्यहाँ पुगेकाथिए । साथै उक्त स्थानमा मेला समेत लागेको थियो ।

हरिशयनी एकादशी देखि शुरू हुने यस  चौमास पर्वमा व्रत बसेका भक्तजनहरुले पनि आज त्रिशुली नदीका विभिन्न स्थानमा तोरण टाँग्ने प्रचलन रहेको छ । उतरगयामा तोरण टाँग्नका लागि विभिन्न जिल्लाबाट बाजागाजा र भजनकीर्तन सहित हजारौँ दर्शनार्थीको भीड लागेको उत्तरगया व्यवस्थापन समितिका एक सदस्यले सेतोघर डट कमलाई जानकारी गराए ।

यसैबीच, नुवाकोटको सदरमुकाम बिदुर नजिकै रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल देवीघाट दिव्यधाममा पनि  आज विशेष मेला लागेको थियो l

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij