२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

कांग्रेस र राप्रपाको चुनावी तालमेल धरापमा !

कांग्रेस र राप्रपाको चुनावी तालमेल धरापमा !

काठमाडौं । झापा ३ लाई लिएर नेपाली कांग्रेस र राप्रपाको चुनावी तालेमल धरापमा परेको छ । कांग्रेसले पूर्वमहामन्त्री कृष्ण सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने राप्रपाले महामन्त्री राजेन्द्र लिङ्देनलाई उठाउने औपचारिक निर्णय गरेको छ । सुरुमा कांग्रेस झापा ३ सहित प्रतिनिधिसभाका ७ सिटमा राप्रपालाई छाड्न सहमत भएको थियो । त्यसअनुसार सिटौलाको नाम समानुपातिकको सूचीमा राखिएको पनि थियो । तर, सिटौलाले आफैं चुनाव लड्ने अडान लिएपछि उनको नाम समानुपातिकबाट हटाइएको छ र झापा ३ को टिकट दिइएको छ ।

लगतै राप्रपाले पनि झापा ३ मा सिटौलाविरुद्ध लिङ्देनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । लिङ्देनको उम्मेदवारी घोषणासँगै कांग्रेस र राप्रपाको चुनावी तालमेल संकटमा परेको छ । सिटौला विरुद्ध उम्मेदवार उठाए राप्रपाका नेताहरुविरुद्ध पनि उम्मेदवारी दिने कांग्रेस चुनाव प्रचार समितिका संयोजक बालकृष्ण खाँडले बताए । उनले अनलाइनखबरलाई भने, ‘सिटौलाजी हाम्रो शीर्ष नेता हो । उहाँविरुद्ध नै उम्मेदवारी दिनुभयो भने हामीले पनि कतिपय ठाउँमा उहाँहरुविरुद्ध उम्मेदवारी दिनु पर्ने हुन्छ ।’

कांग्रेसले मकवानपुर १ मा राप्रपा अध्यक्ष कमल थापालाई समर्थन गर्ने बताएको थियो । तर, सिटौला विरुद्ध लिङ्देनलाई उम्मेदवार बनाउने निर्णय गरे लगतै कांग्रेस मकवानपुरले तालमेल अमान्य घोषणा गरेको छ । जिल्लाका कार्यबाहक सभापति विष्णु लामिछानेले पत्रकार सम्मेलन गरेरै थापालाई भोट नहाल्ने घोषणा गरे । मकवानपुर १ का पूर्वसांसद इन्द्र बानियाँ कांग्रेसबाट टिकटका प्रमुख दावेदार हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij