बुटवलबाट गुल्मी सदरमुकाम तम्घासकालागि छुटेको हाईस गुल्मीको दरवार गाउँपालिका वडा नं. ४ बिरबास नजिकै दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ ।
उक्त हाईसमा सवार १७ जना मध्ये बाँकी ८ जना घाईते भएको पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवलले जानकारी दिएको छ ।
सोमबार दिउँसो करिव साढे १ बजे भएको दुर्घटनामा परि हाईसका चालकको घटनास्थलमै ज्यान गएको भएपनि मृतकको यो समाचार तयार पार्दा सम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
बा ४ ख ५५०१ नम्बरको हाईस सडकबाट करिव १५० मिटर तल खसेको थियो । घाइतेहरूको पाल्पाको तानसेन स्थित मिसन अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij