झापा । झापाको मेचीनगर नगरपालिका–६ मा रहेको भन्सार कार्यालयको मुलगेटबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड –६ का शुसिल लिम्बु छन् ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा मोबाइलभित्र लुकाई छिपाई ल्याउँदै गरेको लागूऔषध ब्राउनसुगरसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको समेत बताइएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij