दीपक घिमिरे काठमाण्डू प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि अलगअलग दुई वटा मतपत्र बनाउनुपर्ने माग गर्दै दायर गरिएको रिट निवेदनको निर्णय सर्वोच्च अदालतले बुधबार (आज) सुनाउने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले बधुबार (आज) निर्णय सुनाउने भएको हो ।राष्ट्रिय जनता पार्टी (राजपा) उपाध्यक्ष एवं संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग लगायतलाई विपक्षी बनाई यही असोज २२ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपत्र अलगअलग दुई वटा बनाउनुपर्ने माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो ।
सो निवेदनमाथि यही असोज २४ गते सुनुवाइ भएर कारण देखाउ आदेश जारी गरी आजका लागि छलफलमा बोलाइएको थियो ।
निर्वाचन आयोगले भने एउटै मतपत्रमा संघकोे माथि र प्रदेशको तल पर्नेगरी मतपत्रको नमूना तयार गरेको छ भने समानुपातिकतर्फको मतपत्र छापिसकेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij