२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

film, entertainment

चलचित्र संरक्षण मञ्चबाट नयाँ कार्यसमितिलाई सम्मान

चलचित्र संरक्षण मञ्चबाट नयाँ कार्यसमितिलाई सम्मान

चलचित्र क्षेत्रका विविध समस्याको बारेमा समेत छलफल

सम्मान गरिएपश्चात्

चलचित्र संरक्षण मञ्चले नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ । चलचित्र संरक्षण मञ्चको आयोजनामा शनिवार भएको एक विशेष कार्यक्रमबीच उक्त सम्मान प्रदान गरिएको हो । दोस्रो राष्ट्रिय सम्मेलनबाट मञ्चले नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यक्रममा चलचित्र क्षेत्रका विविध समस्याहरुको बारेमा उपस्थित वक्ताहरुले आ–आफ्नो धारणा समेत राखेका थिए । कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष रोजन रखालले नेपालमा चलचित्र क्षेत्रको भूमीका महत्वपूर्ण भएको कुरामा जोड दिए । राजनीतिक परिवर्तन सँग चलचित्र क्षेत्र पनि प्रभावित हुने कुरामा उनको जोड छ । नेपालमा चलचित्र क्षेत्रलाई कुन दिशामा अघी बढाउने भन्ने सम्बन्धमा राजनीतिक दलहरुको पनि महत्वपूर्ण भूमीका रहने समेत बताए ।

नेपालमा चलचित्र क्षेत्रलाई आगामी दिनमा विश्वबजारमा प्रतिष्पर्धी बनाउनुपर्ने कुरामा जोड दिँदै विकसित देशमा भएका प्रविधिहरुको अध्ययन गर्नुपर्ने साथै चलचित्र क्षेत्र परम्परागत धारबाट माथि उठ्दै समाज परिवर्तनको निम्ति महत्वपूर्ण भूमीका निर्वाह गर्नुपर्ने समेत बताए । विभिन्न देशहरुमा चलचित्र क्षेत्रको अध्ययनको निम्ति अवलोकन भ्रमणको निम्ति चलचित्र क्षेत्रलाई सम्बन्धित निकायबाट आवश्यक बजेटको समेत व्यवस्था गर्नुपर्ने कुरामा समेत जोड दिएका छन् ।

पारदर्शि बन्न सकेन कारोबार 
‘नेपालमा अहिले सम्म पनि चलचित्र क्षेत्रबाट हुने कारोबार व्यवस्थित र पारदर्शी बन्न सकेको छैन । नेपालमा अहिले सम्म पनि बक्स अफिस कार्यान्वयनमा ल्याउन नसकिनुको पछाडि हलवालाहरुको मनोमानी

छ ।’ रखाल बताउँछन् ।

चलचित्र निर्माताले हलवालाबाट बर्षौं सम्म पनि सम्बन्धित हलबाट लिनुपर्ने रकम प्राप्त गर्न नसकेको अवस्था रहेको भन्दै नेपालका चलचित्र हलहरुले अपारदर्शि रुपमा विभिन्न शुल्कहरु लिने गरेको समेत बताए । चलचित्र निर्माताले बिल सम्बन्धित हलवालालाई दिनुपर्नेमा हलवालाले निर्मातालाई प्रदान गरेको बताउँदै यो नियम उल्टो रहेको समेत बताए । हलवालाले विभिन्न शिर्षकहरुमा रकम उठाउने गरेको प्रति समेत रखालको आपत्ति छ ।

चलचित्र संरक्षणको नेपालमा अहिले सम्म पनि राम्रो पहल हुन नसकेको भन्दै दर्ता, जाँचपास, स्वास्थ्य, विमा, मासिक भत्ता लगायतको निम्ति पनि काम गर्ने उद्धेश्यले चलचित्र संरक्षण मञ्चले निरन्तर पहल गर्ने समेत उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij