२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

उपभोक्ताको स्वास्थ्य प्रतिकूल तरकारीहरु समेत भाटभटेनी सुपरमार्केटबाट बिक्री हुँदै 

उपभोक्ताको स्वास्थ्य प्रतिकूल तरकारीहरु समेत भाटभटेनी सुपरमार्केटबाट बिक्री हुँदै 

भाटभटेनी सुपर मार्केट समेत उपभोक्ताको स्वास्थ्य प्रति सचेत रहेको पाइएको छैन । उपभोगको निम्ति अयोग्य भइसकेका सामानहरु समेत विक्री गर्दै आएको भाटभटेनीबाट स्वच्छ र ताजा वस्तुको अपेक्षा गर्न सकिने अवस्था छैन ।

अर्गानिक टमाटरको मूल्य घटाउनको निम्ति भाटभटेनी सुपरमार्केटले नयाँ जुक्ति लगाएको छ । सामान्य तरकारीको तुलनामा डबल मूल्य सम्ममा अर्गानिक तरकारी विक्री गर्न पाइने व्यवस्था छ । तर अर्गानिक खाद्यान्न तथा तरकारीको मूल्य घटाउनको निम्ति भाटभटेनीले खान अयोग्य भइसकेका तरकारीहरु सस्तोमा विक्री गरिरहेको छ ।

पहिले साधारण गोलभेंडा ५० रुपियाँमा विक्री हुँदा अर्गानिक गोलभेंडा १ किलोको १ सय रुपियाँमा बिक्री गर्दै आएका अर्गानिक फार्म हाउसका सञ्चालक संगम शेर्पा भाटभटेनीले साधारण गोलभेंडाको मूल्य घटेसँगै आफ्नो अर्गानिक गोलभेंडाको गुणस्तर त्यही राखेर नै मूल्य घटाउन बाध्य भए, मूल्य ५० रुपियाँमा झारियो । यसबाट मूनाफा लिन सक्ने अवस्था रहेन । भाटभटेनीमा अर्गानिक फार्म हाउसका उत्पादनहरु विगत ३ बर्ष देखि विक्री हुँदै आएका छन् ।

किसानहरुले विषादी प्रयोग गरेर नै उत्पादन गरेका तरकारीहरुलाई बजारमा नन् पेष्टिसाइड भनेर विक्री गरिएको छ ।
ड्ड भाटभटेनीमा बिग्रन लागेको काउलीलाई एकातिर कालो भइसके पश्चात् पनि कालोलाई हटाएर अर्को तर्फको ताजा देखिने भागबाट प्याकेजिङ गरेर उपभोक्तालाइ विक्री गर्ने काम भइरहेको समेत पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij