२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

उम्मेदवारले बढीमा २५ लाख खर्च गर्न पाउने

उम्मेदवारले बढीमा २५ लाख खर्च गर्न पाउने

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार र राजनीतिक दलले गर्न पाउने खर्चको अधिकतम सीमा तोकेको छ ।
आयोगको शुक्रबार बसेको बैठकले पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले बढीमा २५ लाख र प्रदेशसभा निर्वाचनमा बढीमा १५ लाख खर्च गर्न पाउने गरी खर्चको सीमा निर्धारण गरेको हो ।

मतदाता नामावली खरिद, सवारीसाधन, प्रचार–प्रसार सामग्री, ढुवानी, गोष्ठी, कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनका लागि शीर्षकगत खर्च निर्धारण गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको सङ्ख्याअनुसार प्रतिउम्मेदवार दुई लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।

आयोगका अनुसार, प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको सङ्ख्याअनुसार प्रतिउम्मेदवार एक लाख ५० हजारसम्म खर्च गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij