जापानको हिनो मोटर्स लि. ले मस्को नजिकै १.८९ बिलियन येनको लगानीमा ट्रक निर्माण परियोजना स्थापना गर्ने भएको छ ।
वार्षिक २००० ट्रक बनाउने कारखाना २०१८ मा खिम्कीमा निर्माण हुनेछ भने यसले २०१९ मा मध्यम क्षमताका र २०२० सम्ममा हलुका क्षमताका ट्रकहरु सार्वजनिक गर्नेछ । टोयोटा मोटर कर्पोरेसनको एकाइको रुपमा रहेको हिनोले रुसी बजारमा २००८ मा प्रवेस गरे पश्चात १२ हजार एकाइ बराबरको व्यापार गरेको जनाएको छ ।
रुसी बजार तिब्र गतिमा विस्तार हुने अपेक्षाका साथ रुसमा हिनो ब्राण्डलाई विरुतार गर्ने हिनोको लक्ष्य रहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij