२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

सुतार कार्की वंशावली- २०८३ सार्वजनिक, पुर्ख्यौली पहिचान र ऐतिहासिक दस्तावेजको रूपमा नयाँ पहल

सुतार कार्की वंशावली- २०८३ सार्वजनिक, पुर्ख्यौली पहिचान र ऐतिहासिक दस्तावेजको रूपमा नयाँ पहल

  • सोमबार, कार्तिक १७ २०८३

काठमाडौं — सुतार कार्की सेवा समिति, केन्द्रीय समितिको आयोजनामा काठमाडौंको चाबहिलस्थित ए-वान पार्टी प्यालेसमा एक विशेष र भव्य समारोहका बिच ‘सुतार कार्की वंशावली २०८३’ पुस्तकको औपचारिक रूपमा लाेकार्पण गर्ने कार्यक्रम सम्पन्न भएको छ।

नेपालभर तथा विदेशमा समेत छरिएर रहेका सुतार कार्की बन्धुहरूको पुर्ख्यौली पहिचान, वंशवृक्ष, इतिहास, संस्कृति र वंशागत विवरणहरूलाई व्यवस्थित रूपमा अभिलेखबद्ध गर्ने उद्देश्यका साथ यो ऐतिहासिक दस्तावेज तयार पारिएको हो।

सुतार कार्की सेवा समितिका केन्द्रीय अध्यक्ष दिव्यध्वज कार्कीको मुख्य नेतृत्व र पहलमा वि.सं. २०६३ सालदेखि नै वंशावली संकलनको बृहत् अभियान सुरु गरिएको थियो। लामो समयको निरन्तर प्रयास, स्थलगत अध्ययन र देशका विभिन्न भूभागमा पुगेर संकलन गरिएका विवरणहरूलाई समेटेर अन्ततः यो कृतिले पूर्णता पाएकोमा  अाफूहरू खुसी रहेकाे समितिका अध्यक्ष दिव्यध्वज कार्कीले बताउनुभयाे ।

कार्यक्रमलाई सम्बोधन गर्दै समितिका केन्द्रीय अध्यक्ष दिव्यध्वज कार्कीले यो वंशावली प्रकाशन हुनु र वंशार्पण कार्यक्रम सफलतापूर्वक सम्पन्न हुनु सिङ्गो सुतार कार्की समाजका लागि निकै आकर्षक र ऐतिहासिक उपलब्धि साबित भएको बताउनुभयो। उहाँले यो दस्तावेज केवल पुस्तक मात्र नभएर सम्पूर्ण वंशजहरूलाई एउटै सूत्रमा बाँध्ने सामाजिक तथा सांस्कृतिक सेतु भएको धारणा व्यक्त गर्नुभयो।

हाल नेपालभर  लाखाैंको संख्यामा सुतार कार्कीहरूको बसोबास रहेको अनुमान गरिएको छ। सकेसम्म धेरैभन्दा धेरै परिवार र बन्धुहरूको विवरण समेटेर प्रकाशन गरिएको यस वंशावली ग्रन्थको विमोचन समारोहमा देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरू, बुद्धिजीवी, समाजसेवी, अग्रज व्यक्तित्वहरू तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।

समारोहका क्रममा विभिन्न जिल्ला समितिका अध्यक्ष तथा प्रतिनिधिहरूलाई वंशावली पुस्तक औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। कार्यक्रममा विभिन्न सेवा एवं पेशा व्यवसायमा संलग्न विशिष्ट व्यक्तित्वहरूकाे उपस्थिति रहेकाे थियाे ।

यसका साथै, समाज र राष्ट्रका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई  विशेष सम्मान गरिएको थियो।

आधुनिक समयमा नयाँ पुस्तालाई आफ्ना पुर्खा, कुलकुटुम्ब, सांस्कृतिक परम्परा र ऐतिहासिक जरोसँग जोड्न तथा आपसी भाइचारा, सद्भाव र सामाजिक एकता सुदृढ बनाउन यो वंशावली ग्रन्थले एक महत्त्वपूर्ण ऐतिहासिक सन्दर्भ सामग्रीका रूपमा दीर्घकालसम्म मार्गदर्शन गरिरहने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij