२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

त्रिपुरेश्वरमा बसमा आगलागी

त्रिपुरेश्वरमा बसमा आगलागी

काठमाडाैं । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको बस बिसौनीमा पुग्दा ऋद्धिसिद्धी यातायातको एक बसमा अचानक आगलागी भएको छ।

आगलागीमा परी बसका चालक गम्भीर घाइते भएका छन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार घाइते चालकलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको छ। आगलागीबाट भएको अन्य मानवीय तथा भौतिक क्षतिको विवरण भने अझै यकिन भइसकेको छैन।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ। बसमा आगो लाग्नुको मुख्य कारणबारे खोजी भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij