२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

ललितपुर राप्रपा अध्यक्षमा सबिन खड्का

ललितपुर राप्रपा अध्यक्षमा सबिन खड्का

 

ललितपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ललितपुर जिल्ला कार्यसमिति अध्यक्ष पदमा सविन कुमार खड्का निर्वाचित भएका छन् ।

राप्रपा ललितपुर जिल्ला अधिवेशनबाट खड्का जिल्ला अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
खड्काको निकटतम प्रतिद्वोन्दी अष्ट महर्जन रहेका थिए । महर्जन यस अघि पनि राप्रपा ललितपुरको अध्यक्ष रहेका थिए ।

अध्यक्षमा जितेपछि खड्काले आफु अत्यन्त खुसी भएको भन्दै पार्टी संगठनलाई अझ मजबुत बनाउन पहल गर्ने बताए ।

यस जिल्लामा पर्ने क्षेत्र नं. १, २ र ३ सहित ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका लगायत सबै नगरपालिका र गाउँपालिकामा पार्टी संगठनलाई मजबुत पार्न आफुले सक्रिय भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij