२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

मुक्तिनाथ विकास बैंकको सीईओमा नियुक्त तारा मानन्धरद्वारा पदभार ग्रहण  

मुक्तिनाथ विकास बैंकको सीईओमा नियुक्त तारा मानन्धरद्वारा पदभार ग्रहण  

काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त तारा मानन्धरले आज मिति २०८३ जेठ १ गतेदेखि औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ ।

बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा लामो र अब्बल अनुभव भएका मानन्धर विभिन्न वाणिज्य बैंकहरूमा उच्च कार्यकारी पदमा काम गरिसक्नुभएको छ। पछिल्लो समय उहाँ डिस मेडिया नेटवर्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै हुनुहुन्थ्यो।

बैंकले उहाँको नेतृत्वले संस्थागत विकास, रणनीतिक योजना, सुशासन र दिगो बैंकिङ अभ्यासलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

नवनियुक्त सीईओ तारा मानन्धरले बैंकको दीर्घकालीन लक्ष्य हासिल गर्न, उच्चस्तरीय ग्राहक सेवा प्रवाह गर्न, कर्मचारीहरूको मनोबल बढाउन र सरोकारवालाहरूको विश्वासलाई अझ सुदृढ पार्दै बैंकलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले नवनियुक्त सीईओको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनहरूमा अझ उत्कृष्ट वित्तीय सेवा प्रदान गरेर राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij