काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न सम्पन्न गरेको छ । लघुवित्तले भक्तपुरको यचु होटलमा आइतबार एक विशेष समारोह आयोजना गरेर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा लघुवित्तका सञ्चालकहरु, विभिन्न शाखा प्रमुख एवं प्रतिनिधिहरु, जनप्रतिनिधि, सञ्चारकर्मी, जनप्रतिनिधि एवं सदस्य महिलाहरुको व्यापक उपस्थिति रहेको थियो । लघुवित्तको केन्द्रीय कार्यालयको तर्फबाट उक्त वित्तीय साक्षरता कार्यक्रममा लघुवित्तका सञ्चालकद्वय रविन कुमार श्रेष्ठ र प्रा.डा. कुसुम शाक्यको उपस्थिति रहेको थियो ।
उक्त वित्तीय साक्षरता कार्यक्रमको अवसर पारेर उत्कृष्ट हुने महिला समूहहरुलाई नगद सहित पुरष्कृत समेत गरिएको छ ।
ग्रामीण महिलाहरुको सीप विकास एवं उद्यमशिलता जागरणका लागि लघुवित्तले सञ्चालन गरेको कार्यक्रम निकै प्रभावकारी सावित हुँदै आएका छन् । नेपालको पुरानो एवं विश्वसनीय वित्तीय सेवाप्रदायक संस्थाको हैसियतले यस संस्थाले केवल व्यापारिक उद्देश्य मात्र नराखी सामाजिक योगदानलाई पनि प्राथमिकता दिँदै आएको प्रति हंसवाहिनी आधारभूत विद्यालयका प्रधानाध्यापकले प्रशंसा व्यक्त गरे ।

कार्यक्रममा लघुवित्तकी सञ्चालक एवं अर्थशास्त्री प्रा.डा. कुशुम शाक्यले नेपाल अब नगदविहीन अर्थव्यवस्थाको दिशामा अघि बढिरहेको धारणा राखिन् । उनले अब वित्तीय चेतना सबैको लागि अनिवार्य सर्त भएको बताइन् ।
अर्का सञ्चालक रविन कुमार श्रेष्ठले वित्तीय रुपमा ज्ञान हासिल नगरी कर्जा लिँदा समस्या सृजना हुन सक्ने भएका हुनाले वित्तीय ज्ञान सबैले हासिल गर्नैपर्ने बताए । साथै सेवाका सर्तहरुलाई समेत राम्रोसँग बुझेर वित्तीय कारोबारमा संलग्न भएको खण्डमा पछि समस्या सृजना नहुने धारणा राखे ।

लघुवित्तले आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रमले सहभागिहरुलाई पुनर्ताजगी प्रदान गरेको आयोजक पक्षको विश्वास छ ।
स्वालम्बन लघुवित्तले नेपालमा व्यावसायिक एवं सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आएको भरपर्दो वित्तीय सेवा प्रदायक संस्थाको रुपमा काम गर्दै आएको छ ।
बिमा, तालिम तथा क्षमता अभिवृद्धि, वित्तीय जागरणमूलक गतिविधि, पुरष्कार तथा प्रोत्साहन लगायतका विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगतका गतिविधिहरु यस संस्थाले सञ्चालन गर्दै आइरहेको छ ।


हाल २ लाख ६५ हजार बढी सदस्यहरु आबद्ध छन् भने यस लघुवित्तले १ लाख ६५ हजार महिलाहरुलाई २४ अर्ब ४५ करोड ऋण प्रवाह गरेको छ । यस लघुवित्तमा १६ अर्ब २८ करोड रकम महिला दिदीबहिनीहरुले यस संस्थामा संकलन गरेका छन् ।
यस संस्थाको उद्देश्य ग्रामीण बेरोजगारी अन्त्यको लागि काम गर्ने रहँदै आएको छ ।


© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij