२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

असाेज मसान्तमा राजस्व बुझाउन नसक्ने अवस्थामा उद्योगी–व्यवसायी

असाेज मसान्तमा राजस्व बुझाउन नसक्ने अवस्थामा उद्योगी–व्यवसायी

समय थप गर्न उद्याेग वाणिज्य संघ काठमाडाैंकाे आग्रह

  • मंगलबार, असोज २८ २०८२

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) ले असोज मसान्तभित्र बुझाउनुपर्ने राजस्व रकम उद्योगी–व्यवसायीहरूका लागि बुझाउन कठिन भएको जनाएको छ ।

संघले सोमबार जारी गरेको विज्ञप्तिमा पछिल्ला आन्दोलन, आगजनी, तोडफोड, बेमौसमी वर्षाका कारण उत्पन्न बाढी–पहिरो लगायत घटनाले औद्योगिक, व्यापारिक र सेवा क्षेत्रमा गम्भीर असर पारेको बताइएको छ । ती कारणले बजारमा नगद प्रवाह घटेको, बक्यौदा असुलीमा गिरावट आएको र लगानीकर्ता तथा उपभोक्ताको मनोबल कमजोर बनेको संघको भनाइ छ ।

‘यी सबै कारणले उद्योगी–व्यवसायीहरू असोज मसान्तभित्र बुझाउनुपर्ने कर तथा राजस्व तिर्न असमर्थ भएका छन्,’ विज्ञप्तिमा उल्लेख छ । संघका अनुसार ठूला चाडपर्वहरू नजिकिँदै गर्दा तलब, दसैं खर्च, बैंकको व्याज र साँवा, चालू पूँजी कर्जाको किस्ता, कर तथा राजस्व सबै एकैपटक बुझाउनुपर्ने अवस्था आएकाले समस्या झनै गहिरिएको छ ।

त्यसैले, संघले उद्योगी–व्यवसायीहरूको विद्यमान समस्यालाई ध्यानमा राखी असोज मसान्तभित्र बुझाउनुपर्ने कर तथा राजस्व रकम दुई महिनापछि अर्थात् मंसिर मसान्तसम्म स्थगन गर्न सरकारसँग आग्रह गरेको छ । साथै, उक्त सुविधा गत आर्थिक वर्षको असार मसान्तसम्मका नियमित ग्राहकहरूका लागि मात्र लागू गर्नुपर्ने संघले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij