२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

निजी विद्यालयहरूले घाेषणा गरे आज र भोलिकाे लागि शोक बिदा दिने निर्णय 

निजी विद्यालयहरूले घाेषणा गरे आज र भोलिकाे लागि शोक बिदा दिने निर्णय 

काठमाडाैं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति दुख व्यक्त गर्दै निजी विद्यालयहरूले भदौ २४ र २५ गते शोक बिदा दिने निर्णय गरेका छन्। नेपाल मन्टेश्वरी एसोसिएसन, अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनलगायतका निजी विद्यालय सम्बद्ध सङ्गठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै यो निर्णय सार्वजनिक गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, “देशका विभिन्न भागमा जेनजी आन्दोलनका क्रममा थुप्रै युवा र विद्यार्थीहरूले अमूल्य जीवन गुमाउनुपरेको अत्यन्त दुखद र पीडादायी अवस्था सिर्जना भएको छ। सयौँ घाइतेहरू विभिन्न अस्पतालहरूमा उपचाररत छन्, जसले शैक्षिक क्षेत्रसँगै समग्र नेपाली समाजलाई गहिरो प्रभाव पारेको छ।”

“यो अकल्पनीय घटनाले हामी सबैलाई गम्भीर पीडा दिएको छ। हामी मृतकहरूको आत्माको चिरशान्तिको कामना गर्दछौँ र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ। साथै, उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। यो दुखद परिस्थितिमा हामीले भदौ २४ र २५ गते शोक बिदा दिने निर्णय गरेका छौँ,” विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij