२०८३ भाद्र ३ बुधबार

Aug 19 2026 Wednesday

  • २०८३ भाद्र ३ बुधबार

२०८३ भाद्र ३ बुधबार

जीवनकाे उद्देश्य र विचार परिवर्तनले बदलिन सम्भव छ

जीवनमा लक्ष्य किन आवश्यक छ ? सिन्धुताइ सपकालकाे प्रेरणादायी कथाबाट सिकाैं

जीवनमा लक्ष्य किन आवश्यक छ ? सिन्धुताइ सपकालकाे प्रेरणादायी कथाबाट सिकाैं

जीवनमा लक्ष्य निर्धारण र विचार परिवर्तनकाे महत्व

  • सोमबार, साउन १९ २०८२

के हामीले आफूलाइ कमजाेर ठान्छाैं, मसँग केही पनि छैन भन्ने महसुस गर्छाैं ? 

त्यसाे हाे भने के हामीसँग केही पनि नभएकै हाे त ? जुन कुरा जान्नकाे लागि हामीले आज प्रस्तुत गर्दैछाैं, एउटा प्रेरणादायी वास्तविक जीवन भाेगाइमा आधारित कथा । जुन सिन्धुताइ सपकालकाे वास्तविक जीवन भाेगाइमा आधारित छ ।

यस कथाले सिकाउनेछ कि हामी सबै कुरा गुमाएर पनि यदि बदलिन चाह्याैं र बदलिनकाे लागि विचार परिवर्तन र जीवनकाे उद्देश्य पहिचान गर्न सक्याैं भने कसरी बदलाव सम्भव हुन सक्दाेरहेछ भन्ने कुरा ।

विषय प्रवेशः

जीवन बाँच्नु मात्रै  हाम्राे सच्चा उद्देश्य होइन, जीवनमा उद्देश्यसहित बाँच्न जान्नु नै साँचो सफलताको आधार हो। यसाे हुँदाहुँदै पनि धेरै मानिसहरू अनिश्चितता, दिशाहीनता र आत्मसंघर्षबीच अल्झिइरहेका हुन्छन्। उद्देश्यविहीन जीवनमा निश्चित याेजना र मार्गदर्शन हुँदैन, बरू अनिश्चय, डर, पीडाकाे शिकार हुनुपर्छ ।

आज हामीले केवल कठिनाइ सामना मात्र हाेइन, सबै कुरा गुमाइसकेपछि पनि सपकालले कसरी आफूलाइ समाजमा पुनर्स्थापित मात्र गरिनन्, हजाराैं अनाथ बालबालिकाहरूकी सच्चा आमा बन्न सकिन् भन्ने प्रेरणादायी विषयवस्तु प्रस्तुत गर्दैछाैं ।

ती महिला अर्थात् सपकालको कथाले संसारभरका लाखौँ मानिसहरूलाई जीवनको अर्थ र उद्देश्य सचेत सचेत बनाएकाे छ, थुप्रै व्यक्तिहरूलाइ परिवर्तन हुनकाे लागि आँखा खाेलिदिने काम गरेकाे छ ।

सिन्धुताईको जीवन संघर्ष : लक्ष्यविहीन जीवनबाट उद्देश्यपूर्ण यात्रातर्फ

पृष्ठभूमिः

सिन्धुताई सपकाल—एक त्यस्ती नारीकाे नाम हाे, जसले आमा शब्दको परिभाषा नै फेरिदियो। उनले आफ्नै दुःख, अपमान, गरिबी र समाजको बहिष्कारलाई आफ्नो जीवनको उद्देश्यमा परिवर्तन गरिन्। भारतको ग्रामीण पृष्ठभूमिबाट आएका उनी एक समय बेघर, गर्भवती र निराश अवस्थामा भएर पनि आफ्नाे उद्देश्यबाट विचलित भइनन्।

आफ्नाे जीवनकालमा उनले थुप्रै कठिनाइ सामना गर्नुपर्याे, आफ्नै श्रीमानकाे अपहेलना एवं कुटाइ, घरनिकाला, माइतीकाे अपहेलना, समाजकाे बेइज्जती लगायत ।

तर, उनले त्यो कठिन मोडमा जीवनलाई अन्त्य होइन, नयाँ सुरुवातको रुपमा स्वीकार गरिन्। यसै स्वीकार भावले उनलाइ एक आम साधारण महिला पात्रबाट असाधारण आत्माकाे रूपमा विकास गरायाे ।

उनको जीवनले संसारभरका मानिसहरूलाई देखायो कि—”व्यक्तिकाे पृष्ठभूमिले हाेइन, स्पष्ट जीवन लक्ष्य र विचार परिवर्तनले नै मान्छेको जीवनलाई अर्थपूर्ण बनाउँदाे रहेछ “

सिन्धुताईको जन्म भारतको महाराष्ट्रमा एउटा गरीब गाउँको सामान्य परिवारमा भयो। उनी पढ्न चाहन्थिन्, सपना देख्न पनि चाहन्थिन्। तर बाल्यकालमै विवाह भयाे । १० बर्षकाे उमेरमा । एकजना ३० बर्षीय पुरूषसँग । तेस्राे बच्चा गर्भमा रहेकाे बेला ९ महिनाकी गर्भवती अवस्थामा उनलाइ निर्घात कुटपिट गरी घरबाट निकालियाे । माइतीबाट र अन्य कसैबाट पनि सहारा पाउन सकिनन् ।

त्यस्ताे अवस्थामा घर र समाजबाट निकालिएकी एक महिलाकाे अवस्था कस्ताे हाेला ? के हामी त्यस क्षणलाइ कल्पना गर्न सक्छाैं ?

साधारण वादविवाद वा झगडामा त मानिसहरू अप्रिय निर्णय लिन तयार हुन्छन्, तर त्यस किसिमका राप, चाप र तापलाइ जसले पचाउन सक्छ नि, त्यही व्यक्ति महान् बन्न सक्छ ।

थुप्रैपटक सिन्धुताइ पनि आत्महत्या गर्ने स्थितिमा नपुगेकी हाेइनन् तर उनी आफूलाइ सम्हालिन् । यसमा केही घटनाले पनि उनलाइ प्रेरित गरे ।

सपकालकाे एउटा यस्तो निर्णय गरिन् जसले उनलाई “माई” को रूपमा परिचित बनायो। अनाथहरूकी आमा बनायाे ।

उनकाे जीवनमा यु-टर्न ल्याइदिने त्याे परिस्थिति थियाे, एक बालककाे पीडादायी स्थिति ।

एकदिन उनले देखिन्—रातको समयमा सडक पेटीमा रोइरहेको एक अनाथ बालक। त्यही क्षणमा उनले निर्णय गरिन्, “म अब आफ्ना बच्चाहरूका लागि मात्र होइन, यी  सबै अनाथहरूको भलाइकाे लागि काम  गर्छु।”  उनले कदम उठाइन्, साथमा केही थिएन, न बास, न खाने कुरा, न कसैकाे साथ । तर पनि केवल इच्छाशक्ति । त्यही इच्छा शक्ति नै बन्यो उनको लागि जीवनको  महान उद्देश्य।

उद्देश्यले मान्छेलाई पुनःनिर्माण गर्छ

जीवनमा लक्ष्य भएपछि हामी “किन बाँच्ने?” भन्ने प्रश्नको उत्तर पाउँछौं। सिन्धुताईका लागि त्यो उत्तर थियो—अनाथहरूलाई आश्रय दिनु । त्यही उद्देश्यले नै उनलाई कहिल्यै हार मान्न दिएन। आफ्नाे जीवनकालमा उनले १४०० भन्दा बढी अनाथहरूको पालनपोषण गरिन्, शिक्षादीक्षा दिइन्, र समाजमा नयाँ उदाहरण बनिन्।

उनकाे प्रयासले याे पनि सावित गर्याे कि,  ‘जब हामीसँग उद्देश्य साँचो हुन्छ, साधनहरू आफैँ बन्न थाल्छन्’। जस्ताे कि नेपाली समुदायमा प्रचलित भनाइ छ कि ‘तँ आँट म पुर्याउँछु’ ।

उद्देश्य र विचार परिवर्तनबीचको सम्बन्ध

सिन्धुताईको कथाले देखाउँछ—जब विचार बदलिन्छ, तब जीवन बदलिन्छ। घरनिकाल भइसकेपछि, उनको पहिलो सोच आत्महत्या गर्ने थियो। तर त्यही विचारलाई उनले रूपान्तरण गरिन्—“किन म मर्दैर्छु ? यसले के लाभ हुनेछ ?  बरु नयाँ जीवन किन नबाँचुँ।” विचार परिवर्तन नै उद्देश्यप्राप्तिको पहिलो खुड्किलो हो।

कहिले काहीँ हाम्रो अवस्था बदल्न सकिँदैन, तर दृष्टिकोण बदल्न सकिन्छ। जीवनको पीडालाई सेवा रूपी उद्देश्यमा रूपान्तरण गर्नु—यही हुने गर्दछ अघि बढ्न र याेगदान पुर्याउनकाे लागि साँचो जीवनदर्शन।

सिन्धुताईको कथाबाट सिक्न सकिने ५ जीवनमूल्य

  • उद्देश्य बिना शक्ति पनि दिशाहीन हुन्छ – शक्ति सबैमा हुन्छ, तर उद्देश्यबिनाको शक्ति क्षणिक हुन्छ।
  • जीवनका पीडा उद्देश्य बन्न सक्छन् – पीडालाई सेवा बनाउनु नै सफलता हो।
  • विचार परिवर्तन = भविष्य परिवर्तन – विचार र दृष्टिकोण फेरिँदा जीवन पनि बदलिन्छ।
  • एउटै सशक्त निर्णय पनि जीवनको मोड हुन सक्छ – सही निर्णयले नै जीवनको दिशा बदल्न सक्छ। त्यस्ताे निर्णय लिनुपर्छ जसलाइ पूरा गर्नकाे लागि आफ्ना सबै श्राेतसाधन प्रयाेग गर्न र आवश्यक परे जीवन नै समर्पित गर्न सकियाेस् ।
  • जीवनमा उद्देश्य नभए, सफलता अधूरो हुन्छ – सफलता सबैकाे लागि एकै हुँदैन, आफूले जुन काल्पनिक मानसिक लक्ष्य निर्धारण गरिएकाे हुन्छ, त्यही उद्देश्य प्राप्ति भएमात्र आफूलाइ सफल ठान्न सकिन्छ । जुन सफलता अरूकाे हेराइ, सामाजिक प्रतिष्ठा र पुरस्कारले मात्र प्रदान गर्दैन ।

वर्तमान युवा पुस्ताका लागि सन्देश

आजका युवाहरू अनेक विकल्प, अवसर र प्रलोभनबीच पनि अलमलमा छन्। प्रेरणा श्राेत, तथ्यांक वा जानकारी संकलनका लागि थुप्रै माध्यमहरू छन् । सामाजिक सञ्जाल,  कृत्रिम बाैद्धिकता, सबै किसिमका उच्चस्तरीय विकसित सुविधा र प्रविधि पहुँच लगायत । तैपनि उद्देश्य पहिचान गर्न नसक्दा र तुच्छ तुलना गर्ने परिपाटीले गर्दा उनीहरूलाई दिशाहीन बनाइरहेको छ। त्यस्तो बेलामा सिन्धुताई जस्तै कथाले सम्झाउने छ कि—जीवनकाे साँचो उद्देश्य पत्ता लगाउनुहोस्, जीवनको अर्थ बदलिन्छ। साथै जीवन पनि बदलिन्छ ।

विद्यार्थीले आफ्नाे जीवनको लक्ष्य केवल पढाइमा मात्रै सीमित नराखेर ठूलो उद्देश्य पहिचानमा केन्द्रित गर्नुपर्छ—जसले समाजलाई योगदान पुर्याउँछ।

 

 सिन्धुताईको कथाबाट सिक्न सकिने ५ जीवनमूल्य

१. उद्देश्य बिना शक्ति पनि दिशाहीन हुन्छ
एकजना साधारण महिला हुँदा हुँदै, उनले हजारौंको जीवन उज्यालो बनाइन्। शक्ति सबैमा हुन्छ, तर उद्देश्यबिनाको शक्ति क्षणिक हुन्छ।

२. जीवनका पीडा उद्देश्य बन्न सक्छन्
पीडाबाट भाग्ने होइन, त्यही पीडालाई उद्देश्य बनाउनु नै सफलता हो। अनाथ भएकाहरूलाई अँगालो हाल्ने उनको भावना आफ्नै पीडाबाट जन्मिएको थियो।

३. विचार परिवर्तन = भविष्य परिवर्तन
विचार बदल्नासाथ दृष्टिकोण बदल्छ। नकारात्मक अवस्थाबाट सकारात्मक दृष्य सृजना गर्न सकिन्छ।

४. एकैचोटिको निर्णय जीवनको मोड हुन सक्छ
सही समयमा लिइएको निर्णयले जीवनको दिशा बदल्न सक्छ। “माई” बन्ने उनको निर्णय यस्तो नै निर्णायक क्षण थियो।

५. जीवनमा उद्देश्य भएन भने, सफलताको अनुभूति हुँदैन
पैसा, प्रतिष्ठा, पुरस्कार—यी सबै उद्देश्यपछिका फल हुन्। तर उद्देश्य बिना यी सबै शून्य हुन्छन्।

यी लिंकहरू क्लिक गर्नुहाेस् ।
लाइक, कमेन्ट, सब्स्क्राइब, फलाे र शेयर गर्नुहाेस् ।

Similar Articles

मानसिक तनाव र योग : एक विश्लेषण

मानसिक स्वास्थमा भोजनको प्रभाव

“भिजुअलाइजेसन के हाे ? वैज्ञानिक र आध्यात्मिक दृष्टिकोण

युट्युब

@gyansandeshacademy

#lifechanging realsrory sindhutaisabkal setoghar gyansandesh #kamalpanthi

♬ original sound – @gyansandesh_official

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij