मानसिक तनाव र योग : एक विश्लेषण

 
१. विषय प्रवेशः
विश्व स्वास्थ्य संगठनले स्वास्थ्यको परिभाषा “शारीरिक मानसिक तथा सामाजिक तवरले स्वस्थ रहनु” भनेर परिभाषित गरेको छ । सामान्य मानसिक अस्वस्थता बेला मौकामा प्रायः सबैले भोगिरहने समस्या हो । खास खास मानसिक समस्या या लक्षणहरू लगातार रहि रहेमा मानसिक रोग भन्ने बुझिन्छ । मानसिक तनाव एक मानसिक समस्या अन्तर्गत पर्दछ । मानसिक तनाव संसारमा तीव्र गतीमा बढ्दो छ । रिसर्च अनुसार मानसिक तनाव विश्वमा २०३० सम्ममा पहिलो नम्बरमा आउने नसर्ने रोगको सूचिमा पर्दछ भनेर अनुमान गरिएको छ । मन असन्तुष्ट, हरेक काममा प्रतिस्पर्धा, असफलता, हिनता बोध पारिवारिक कलह, सामाजिक …