२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

हिमालयन बैंकले प्रतिकित्ता १५७ रूपैयाँका दरले एफपीओ निष्कासन गर्ने

हिमालयन बैंकले प्रतिकित्ता १५७ रूपैयाँका दरले एफपीओ निष्कासन गर्ने

  • सोमबार, असार २३ २०८२

 

काठमाडौं । हिमालयन बैंक लिमिटेडले थप प्राथमिक सेयर (एफपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ। सेबोनले बैंकलाई प्रति कित्ता १५७ रुपैयाँको दरमा कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सेयर निष्कासनको स्वीकृति दिएको हो।

यस एफपीओको कुल मूल्य १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको हुनेछ। एफपीओ निष्कासनको तयारीस्वरूप बैंकले पहिले नै सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिसकेको छ।

एफपीओ निष्कासनको अनुमति पाएसँगै बैंकले पूँजी संरचना थप मजबुत बनाउने, नियामकीय अनुपालन पूरा गर्ने तथा आम लगानीकर्तालाई सहभागी गराउने लक्ष्य लिएको छ।

बैंकले चाँडै एफपीओको मिति र आवेदन प्रक्रिया सार्वजनिक गर्ने बताइएको छ। लगानीकर्ताले यस अवसरलाई भविष्यमा लाभदायी विकल्पको रूपमा हेरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij