काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू फेरि नेकपा (एमाले) को औपचारिक राजनीतिक यात्रामा सक्रिय रुपमा पुन: संलग्न भएको घोषणा गरेकी छिन्।
नेकपा (एमाले)का दिवंगत नेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी सदस्यता नवीकरण गरेकी जानकारी दिइन्।
“फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले)मै रही पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यसहित मैले सदस्यता नवीकरण गरेकी हुँ,” भण्डारीले भनिन्। “अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएकी छु र यसमा म गर्व महसुस गर्छु।”
भण्डारीले आफूलाई कुनै व्यक्तिगत महत्वाकांक्षा नरहेको प्रस्ट पार्दै देश र जनताको हित नै आफ्नो ध्येय रहेको बताइन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij