२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

कामना सेवा विकास बैंकले शुरू गर्याे ‘इंटरबैंक टेलर क्यूआर’ सेवा

कामना सेवा विकास बैंकले शुरू गर्याे ‘इंटरबैंक टेलर क्यूआर’ सेवा

  • आइतबार, जेष्ठ १२ २०८२

 

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै नयाँ बैंकिङ सेवा ‘इंटरबैंक टेलर क्यूआर’ सञ्चालनमा ल्याएको छ। यस नवीन सेवा मार्फत अब अन्य बैंक तथा वित्तीय संस्थाहरूको मोबाइल बैंकिङ एप प्रयोग गरेर कामना सेवा विकास बैंकका नगद काउण्टरहरूबाट सजिलै रकम झिक्न सकिनेछ।

बैंकले यो सेवा सुरु गरेर ग्राहकहरूले कुनै पनि बैंकको खाताबाट नगद झिक्न कामना सेवा विकास बैंकको स्मार्ट टेलर क्यूआर प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ। यसले गर्दा अब खातावाला बैंकमै जानुपर्ने बाध्यता हटेको छ।

कामना सेवा विकास बैंकले प्रविधिमा आधारित सेवा विस्तारमार्फत ग्राहकको समय, सुविधा र सुरक्षालाई उच्च प्राथमिकता दिँदै बैंकिङ प्रक्रियालाई अझ सरल, सहज र द्रुत बनाएको जनाएको छ।

बैंकका अनुसार यो सेवा डिजिटल बैंकिङ प्रणालीलाई प्रवर्द्धन गर्दै वित्तीय पहुँच विस्तारमा समेत सहयोगी हुने विश्वास लिएको छ। ग्राहकहरूले आफूले प्रयोग गर्दै आएको कुनै पनि बैंकको मोबाइल बैंकिङ एपमार्फत कामना सेवा बैंकको शाखाबाट नगद झिक्न सक्ने भएकाले यो सेवा विशेष गरी समय अभाव भएका तथा टाढा रहेका ग्राहकहरूको लागि उपयोगी हुने अपेक्षा गरिएको छ।

कामना सेवा विकास बैंकले यस किसिमका प्रविधिमैत्री सेवाहरू थप विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij