काठमाडाैं । नेपाल युपिभिसी व्यवसायी संघकाे अधिवेशन शुक्रबार सम्पन्न भएकाे छ ।
ग्रिल तथा स्टिल व्यवसायी महासंघका संस्थापक अध्यक्ष माेहन कटुवालकेा प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनमा काठमाडाैं उद्याेग वाणिज्य संघका नवराज चाैलागाइ लगायतका प्रतिनिधिहरू, आन्तरिक राजस्व कार्यालयका अधिकृत सुवर्ण काेइराला लगायतका अतिथिहरूकाे उपस्थिति थियाे ।

उक्त कार्यक्रमकाे अवसर पारेर युपिभिसी व्यवसायमा क्रियाशिल व्यवसायीहरूले भाेग्नुपरेका समस्या, संघकाे अावश्यकता एवं राज्यले निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयहरूमा कार्यक्रमका वक्ताहरूले जाेडदार रूपमा विषयवस्तुहरूकाे उठान गरेका छन् ।
औपचारिक रूपमा सम्पन्न भएकाे उक्त कार्यक्रममा युपिभिसी व्यवसायमा संलग्न उद्याेगी, आयातकर्ता, व्यवसायी, हार्डवेयर एवं सिसा व्यवसायी तथा अन्य सराेकारवाला निकायहरू एवं सञ्चारकर्मी लगायतकाे व्यापक उपस्थिति थियाे ।

युपिभिसी व्यवसायी संघमा हाल यस व्यवसायमा संलग्न व्यवसायीहरू सदस्यको रुपमा आबद्ध रहँदै आएका छन् ।
पछिल्ला बर्षहरूमा युपिभिसी काठकाे विकल्पकाे रूपमा सर्वत्र प्रयाेग हुन थालेकाे छ । नेपालमा करिब २१ वर्ष अगाडि आव २०५९-६० साल तिरबाट झ्याल ढोकाको लागि काठको विकल्पकाे रूपमा युपिभिसी र आल्मूनियमको सुरुवाल भएकाे हाे ।
हाल देशभरमा गरी ६ सय ५० भन्दा बढी फव्रिकेशन प्लान्टहरू सञ्चालनमा रहेकाे र यस क्षेत्रबाट ६००० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको, युपिभिसीकाे प्रयाेगले वन विनास हुनबाट रोकिएको तथा राज्यले ठूलो मात्रामा राजश्व प्राप्त गरेकाे व्यवसायीहरू बताउँछन् ।
नेपाली बजारमा युपिभिसीका प्रोफाइल तथा सेक्सन चीन तथा भारतीय बजारबाट आयात हुने गरेका छन् ।
शुरूवाती बर्षहरूमा यससँग सम्बन्धित वस्तुहरूलाइर् राज्यले कच्चा पदार्थकाे रूपमा भन्सार विन्दुमा ५०% छुटको व्यवस्था गरेकाे तर २०७८ सालको नीति मार्फत यो कच्चा पदार्थ होइन भनी राज्य द्वारा दिइएको ५०% छुट हटाइएकाेमा व्यवसायीहरू असन्तुष्ट रहँदै आएका छन् ।
संघ व्यवसायीकाे हकहितकाे लागि काम गर्ने उद्देश्यले स्थापना भएकाे संघका अध्यक्ष नारायण रेग्मीले बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij