२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

धनुषामा विपन्न वर्गका लागि कृषिखाद्य परियोजना

धनुषामा विपन्न वर्गका लागि कृषिखाद्य परियोजना

  • शनिबार, फाल्गुन १० २०८१

जनकपुर, १०फागुनः धनुषामा विपन्न वर्गका लागि कृषिखाद्य परियोजना सुरु भएको छ । विपन्न किसानहरुको सुधार र खाद्य सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले प्रकृतिमा आधारित कृषि खाद्य परियोजना आजदेखि प्रारम्भ भएको हो ।

परियोजनाको मधेश प्रदेशका भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव विनयकुमार कर्णले आज यहाँ आयोजित एक कार्यक्रममा शुभारम्भ गन्र्नुभयो।

आगामी चार वर्षसम्म सञ्चालन हुने उक्त परियोजना गणेशमान चारनाथ नगरपालिका, शहीदनगर नगरपालिका र जनकनन्दिनी गाउँपालिकासहित अन्य तीनवटा पालिकामा कार्यान्वयन गरिने जानकारी परियोजना शुभारम्भ कार्यक्रममा दिइएको छ ।

परियोजनाबाट धनुषाका पाँच हजार सीमान्तकृत परिवारको खाद्य सुरक्षामा सुधार गर्ने लक्ष्य छ । परियोजनाबाट दुई सय किसान समूह गठन गरी तिनमा आबद्ध सदस्यलाई बिऊबिजनलगायत कृषि सामग्री पनि वितरण गरिनेछ ।

  • रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij