२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

सुरक्षा विधिहरु अपनाउँदै ग्रिल उद्याेग सञ्चालन सम्बन्धमा वृहद छलफल

सुरक्षा विधिहरु अपनाउँदै ग्रिल उद्याेग सञ्चालन सम्बन्धमा वृहद छलफल

हिजाे असार ५ गते ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल र स्विस सरकार sdc द्वारा  संचालित इन्स्योर परियोजनासँगको  सहकार्यमा विश्वब्यापी  रुपमा फैलिको कोरोना भाइरस (कोभिड 19 ) संक्रमणको प्रकोपका  कारण बन्द सम्पुर्ण ग्रील उध्योगहरु पुनः  सन्चालन गर्दा  के-कस्ता  सुरक्षाका विधिहरु  अपनाउने भन्ने सम्बन्धमा छलफल भएकाे छ ।
 श्रमिकहरुलाइ डर , भय र त्रासमुक्त बनाइ कोरोनाको सन्क्रमणबाट सुरक्षित कसरी बनाउने र उद्याेगलाइ निरन्तरता दिने  भन्नेबारे उक्त छलफल भएकाे हाे ।
 छलफल पछि देशब्यापी रुपमा सचेतना कार्यक्रम सन्चालन गर्ने समझदारी अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकामा ३ वटा, रुपन्देही जिल्लामा १ र सुनसरि जिल्लामा १ गरि ५ वटा ग्रील उध्योगलाइ सुरक्षित र ब्यवस्थित कार्यस्थल सहितको नमुना ग्रील उध्योगको रुपमा बिकसित गर्ने योजना अघी सारिएकाे छ ।
उक्त कार्यक्रममा कोभिड १९ बाट सुरक्षित कार्यस्थलको तयारी र सन्चालनको न्युनतम मापदण्ड सहित आवस्यक प्रविधि,  पेडल हेण्डवास, पेडल सेनिटाइजर स्टाण्ड, हेलमेट, पन्जा, थर्मलगन लगायतका सुरक्षाका उपकरणहरुको प्रयोग गर्ने र आगामी दिनहरुमा उध्योगी कामदार र उपभोक्ताले अपनाउनुपर्ने अनुशासनको बारेमा  ग्रील तथा स्टील ब्यवसायी नेपालका  अध्यक्ष मोहन कटुवालले जानकारी गराउनु भएको थियो ।
अध्यक्ष कटुवालले  सानो प्रयासले देशभरिका ग्रील उध्योगिहरुलाइ आफ्नो उध्योग ब्यवस्थित र सुरक्षित बनाएर  हाल कार्यरत श्रमिकहरुलाइ र विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका युवाहरुलाइ नेपालको ग्रील तथा स्टील उध्योगमा काम गर्न सुरक्षित वातावरण तयार हुन सक्नेमा आफु विश्वस्त रहेकाे समेत बताउनुभयाे ।
साथै यस विषम परिस्थितिमा सबैले ग्रील उध्योगी कर्माचारी र सर्वसाधारण जनताले भौतिक दुरि कायम लगायतका सुरक्षाका बिधिहरु अपनाएर बढदो कोरोनाको संक्रमणबाट बच्न र अरुलाइ बचाउनुपर्नेमा समेत उहाँले आग्रह गर्नुभएकाे थियाे ।
उक्त सचेतना कार्यक्रममा सहभागि   इन्स्योर परियोजनाका प्रतिनिधिले ग्रील उध्योग र श्रमिकको प्रबर्द्धन र जनसरोकारको विषयमा  ग्रील  महासंघ नेपालसँग   सदैव सहकार्य गर्दै अगाडि बढ्न परियोजना तयार रहेको बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij