२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

“दशैं तिहार मान्नलाई आउँदैछु”ले तताउँदै माहाेल

“दशैं तिहार मान्नलाई आउँदैछु”ले तताउँदै माहाेल

महेन्द्र अधिकारी-काठमाडौ। मोडल प्रेम तामाङ तथा सञ्चारकर्मी सबिना भट्टको र साथीहरुको संयुक्त अभिनयमा “दशैं तिहार मान्नलाई आउँदैछु” बोलको गित केहि दिन अगाडि सार्वजनिक भएको छ।

लोकदोहोरी गितहरुमा अभिनय गर्दै चर्चा कमाउन सफल हुनु भएको मोडल तामाले यस पटक भने दशैको गितमा आफ्नो छुट्टै प्रकारले अभिनय गरेर दशै तिहारको गितबाट आफ्नो चर्चा कमाउन सफल हुनु भएको छ ।

यस गितलाई मिलन फिल्मस प्रा.लि‍‍ ले डिजिटल बजारमा सार्वजानिक गरेको छ ।

कोहि पनि अङ्ग प्रदर्शन गरेर हाेइन लोक गितलाई माया, सहयोगको साथमा चर्चित हुनुपर्ने मोडेल तामाङले बताए।
आफ्नो साङ्गितिक यात्रामा अभिनय नौलो गाउँ भन्ने गीतबाट भएकोमा फेसबूक आइडि हुदै यस गीतसम्म स्थान पाउन स्रोताको हात राम्रो पाएको उहाँको भनाइ छ।सामाजिक सन्जाल फेसबूक आइडि बोलको गीतबाट अझ थप स्थान पाएपछि झनै साङ्गितिक पाइलामा निरन्तर लाग्न मलजल हुन पुगेको समेत दाबी गर्नुभयो।

यसैगरि निरन्तर लामो समयसम्म साङ्गितिक क्षेत्रमा लागी आफ्नो नाम र देश नाम बिश्व सामु चिनाउन चाहन्छु र सदैव आफ्नो नाम उच्च स्थानमा राख्न चाहन्छु* मोडल तामाङले बताउनुभयो ।

दशै तिहार मान्न लाई आउँदैछु गितलाई मिलन श्रेष्ठले निर्देशन गर्नुभएको छ भने महेश नेपालको लय तथा शब्दमा गित बजारमा आएको छ ।

गितमा सुजन तामाङ र दुर्गा गौतमको स्वर रहेको छ । गितलाई भुमि नारायणले रमणिय स्थानमा छायांकन गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij